बझाङमा पनि शैक्षिकसत्र सुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक

  कल्पना उपाध्याय  1759 पटक हेरिएको

नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पनि पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाउने भएका हुन्।
जिल्लामा पुगेका पाठ्यपुस्तकहरुलाई जनकशिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरुले सबै पालिकाका सामुदायिक विद्यालयमा पु¥याउने शिक्षा विकास तथा समन्वय विकास ईकाइ बझाङले जनाएको छ ।

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक ल्याइएको शिक्षा विकास तथा समन्वय विकास ईकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले बताउनुभयो । जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गतेबाट सुदूरपश्चिम प्रदेशको बाजुराबाट किताब वितरण सुरु गरेको जनाएको छ। केन्द्रले प्रदेशका विकट तथ दुर्गम गाउँलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ। बाजुरापछि बझाङ लगाएत सबै पहाडी जिल्लामा पाठ्यपुस्तक पुगेका हुन् ।

बझाङमा २६ हजार ५१ थान पुस्तक पुगेका छन् । सबै जिल्लामा चैत महिनाभित्रमा पुस्तक पठाइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ। आगामी शैक्षिकसत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक आवश्यकपर्ने अनुमान गरिएको छ। पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकासा भएको छैन्। नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ। प्रदेशका स्थानीय तहले पुस्तक खरिदका लागिसमेत बजेट विनियोजन र निकासा नगरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार