बझाङका दुई दम्पतीको आगलागिमा परेर भारतमा ज्यान गयो

  कल्पना उपाध्याय  344 पटक हेरिएको

बझाङ –आगलागिमा परेर बझाङका दुई दम्पतीको भारतमा ज्यान गएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–६ का दुई दम्पतीको मे २ तारिख (वैशाख २० गते) का दिन भारतको उत्तराखण्ड स्थित अलमोडामा आगलागिमा परेर ज्यान गएको छविसपाथिभेरा गाउँपालिका–६ का वडा अध्यक्ष गजेन्द्र बुढाले बताए ।

वडाध्यक्ष बुढाका अनुसार ज्यान गुमाउनेमा स्थानिय ज्ञानु चलाउने, उहाँको श्रीमती बसन्ती चलाउने, अर्का स्थानिय दिपक पुजारा र उहाँको तारादेवी पुजारा रहेका छन् ।

उनिहरु त्यहाँ लामो समयदेखि खोटो निकाल्ने र बिक्रि गर्ने काम गर्दै आएका थिए । खोटो संकलन गर्ने क्रममा जंगलमा लागेको डढेलोमा परेर उनीहरूको ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार