बझाङः आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालय बझाङले स्थानीय तहमा नमूना मतदान कार्यक्रम सुरु गरेको छ । आज खप्तडछान्ना गाँउपालिका र दुर्गाथली गाँउपालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न भएका जिल्ला निर्वाचन कार्यालय बझाङका सुचना अधिकारी भक्त नेपालीले जानकारी दिनुभयो । त्यसै कार्यक्रम अन्र्तगत दुर्गाथली गाँउपालिकाको चौधारीमा ५३ जनाले नमुना मतदान गरेका छन ।
नमुना मतदान कार्यक्रममा ४० जना पुरुष र १३ जना महिलाले सहभागिता जनाएका थिए । ५३ मत खसेकोमा ४५ मत सदर र ८ मत बदर भएका छन । यस्तै खप्तडछान्ना गाँउपालिकाको पाटादेवलमा पनि नमुना मतदान सम्पन्न भएको छ । उक्त कार्यक्रममा ८५ जना सहभागि भएका छन । नमुना मतदानमा २२ म तबदर भएका छन । दुबै स्थानिय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगायर मतपत्र पट्याउन नजानेको, दुईकोठामा छाप लगायको र दुई चिन्हमा छाप लगाएको देखिएको छ ।
खप्तडछान्नामा भएको नमुनामतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जागेश्वर भण्डारी लगायत अन्य कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आउदो निर्वाचनका लागी जिल्ला सुरक्षा समितिले पुर्ण तयारी गरेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन । नमूना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।
यो चुनावमा मतदाता शिक्षा सञ्चालन पनि भएको र नमूना मतदानबाट पनि मतदानका बिषयमा जानकारी दिने लक्ष्य लिइएको जिल्ला निर्वाचन अधिकारी विमल प्रसाद गौतमले जानकारी दिनु भयो ।