सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, प्रतिपक्षी प्रतिवाद गर्ने

  कल्पना उपाध्याय  152 पटक हेरिएको

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गर्दै गर्दा सत्ता साझेदार दल नै रुष्ट भएका छन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा प्रतिवाद गर्ने जनाएको छ । बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीको नियुक्ती नै गैरसंवैधानिक रहेको भन्दै विश्वासको मत लिने प्रस्तावको प्रदेश सभाको बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले सोडारीको नियुक्ती नै गैरसंवैधानिक रहेको र उनीविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधिन अवस्था रहेका कारण विश्वासको मत लिने प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए । धामीले प्रदेश सभा र बाहिर मुख्यमन्त्रीविरुद्ध प्रतिवाद गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार