चैत्रे अष्टमी मेला र पाँगरजडी मन्दिरमा सुर्मा देबी ( फोटो फिचर )

स्थलगत रिपोर्ट

  शैलेन्द्र रोकाया  1496 पटक हेरिएको

बझाङ । एका बिहान मन्दिरमा स्थानीयबासीहरु पुजा आजका लागी लामबद्ध भएका बसेका थिए । मन्दिरमा शंख ध्वनी ,धण्टले गुन्जायमान थियो । हिमाल मुनीको गाउँ सुर्मा गाउँपालिका ४ ठकुन्डाडामा रहेको सुर्मा देबीको मुख्य मन्दिर ( पागर जडी)मा चैत्रे अस्टमीका दिन लाग्ने भब्य पुजाआजा सहित मेला लाग्ने गर्दछ । सुर्मा देबीको आली पालीका भक्तजनहरु चैत्रे अष्टमीको दिन बिहान स्नान गरि मन्दिरमा पुजा आजा गरि काठको ठूलो लिङ्गो निकालेर ल्याएर सुर्मा देबीलाई चडाएर आफुले सोचे अनुसारको चिज माग्ने प्रचलन छ ।


चैत्रे अष्टमीका दिनमा सुर्मा देबीको मन्दिर पागरजडीमा स्थानीयबासीहरुले स्थानीय रितीरिवाज अनुसार गाउँ माथीको जंगलबाट अधिल्लो दिन काटेर राखेको काठको लिङ्गो लाई काधमा बोक्दै ठकुन्डाडा गाउँको दुई वटा ठाँउमा ठड्याउदै सुर्मा देबीको मुख्य मन्दिर पागर जडीमा चडाउने चलन छ ।

सुर्मा गाउँपालिका ४ का वडा अध्यक्ष पुर्ण बहादुर बोहराले भन्नुभयो , छबिसको पाटागाउँ नजिकै मष्टा देवतालाई मैकाशुर दानबले बाधेर कुण्डमा राखेकाले सुर्मा देबीले मैकासुर दानबको बध गरेकाले त्यसको खुशीयालीमा समेत अष्टमीका दिन यहाँ पुजा आजा सहित भब्य मेला लाग्ने गरेको हो । बिशेष गरि भदौमा लाग्ने बिरिजात मेला यहाँको मुख्य मेला भएपनि चैत्रे अष्टमीका दिनलाई पनि यहाँ बिषेस रुपमा मनाईन्छ । सोह्र बहिनी दुर्गाकी मध्ये सुर्मा देबी पनि एक हुन् । घार्मिक संस्कार र अस्था अनुसार सुर्मा देबीको पुजा आजा हुने समयमा ठकुन्डाडा गाउँ मित्र जुता चप्पल लगाएर आउन जान समेत प्रतिबन्ध हुन्छ ।

त्यती मात्र नभएर सुर्मा देबीका आलीपालीका ब्यक्तिहरुले पुजाको १५ दिन अगाडी देखी चोखो भएर बस्ने , श्रीमती संग सहबास नगर्ने , मासु र लसुन नखाने , बिहान बिहान स्नान गरि सुर्मा देबीको आराधना गर्ने गर्दछन् । साच्चीकै रुपमा सुर्मादेबीको आराधाना गर्नाले सोचेको कुरा वा सुर्मा देबीलाई मागेको प्रतिफल पुरा हुने जन बिश्वास समेत हाल सम्म कायमै छ ।

हाल सम्म यहाँका स्थानीयबासीहरुले यस क्षेत्रमा आउने संकट ब्यवस्थापनमा सुर्मा देबीले गर्दै आएको र गरि रहेको धार्मिक बिश्वास अझै सम्म पनि बुढा पाका , केटी केटी देखि सबैमा छ । यस बर्षमा आकाशे पानीको भरमा सिचाई हुने ठाउँमा गहुँ सुकेर नस्ट भएको छ तर सुर्मा देबीको आली पाली भएको ठाउँमा भने जहु तथा गहुँ बाली लाई समेत सुर्माबासीले सुर्मा देबीको अनुकम्पा र शक्तिले यस्तो भएको बताउन्छन् । वडा अध्यक्ष बोहराले भन्नुभयो , पागरजडी सुर्मा देबीको मुख्य गड हो , त्यो पागरको रुखबाट निस्केको स्याउलाले ठकुन्ना गाउँभरिको खेती योग्य जमिनमा जाने राम्रो छ र सुर्मा देबीको शक्तीका कारण सधै बाली नाली समेत राम्रो हुने कुरा प्राचिनकाल देखि रहेको बताउनुभयो । तर अचम्मको कुरा त यो छ की सुर्मा देबीको आली पाली क्षेत्रहरुमा गहु तथा जहु बालीमा समेत खडरीको कुनै असर नपारेको स्पस्ट देखिन्छ ।


यस परापुर्व कालमा १६ बहिनी दुर्गा मध्ये सुर्मा देबी र दुर्गा देबीका बिचमा दुर्गाथली गाउँपालिको थलीमा लसुनको भोग लाग्ने बिषयमा दुई दिदी बहिनीका बिचमा बिबाद भएको र त्यहाँ सुर्मा देखीले म लसुनको भोग लाग्दैन यहाँ बस्दैन भने पछि त्याहा दुर्गा देबीले त्यतीकी छिपिली छौ भने भागेर जा भने पछि माटो साँगु तिरको थली जिउलोको आधा भाग सुर्मा देबीले च्यातेर अर्थात ठूलो उत्पात गर्दै बगाएर लिएको र त्याहाँबाट बुढखोरीमा १२ बर्ष गप्तबास बसेको किम्बदन्ती रहेको बुढापाकाहरु बताउन्छन् । उहाँले त्यहाँबाट हिड्दै बिभिन्न जंगली जनाबरको रुपमा होस या अरु कुनै रुपमा थलीबाट बिभिन्न ठाउँहरु जडा छयाला, घम्नाउ चैनपुर , दम्दुर ,सेलाखेत , घोगाडा , सैनगाउँ हुदै ठकुन्डाडामा प्रकट भई बसेको किम्बदन्ती छ ।

हाल सम्म पनि थलीमा रहेको पागरजडी मन्दीर र ठकुन्नामा रहेको पागरजडी मन्दीरमा ठुला पागरका रुखको आधा भाग थली र आधा भाग ठकुन्डाडा गाउँमा रहेको समेत स्पस्ट देख्न सकिन्छ ।
धार्मीक परम्परा अनुसार बिषेस गरि सुर्मा दौलिाचौर , चैनपुर आसपास , दुर्गा थली गाउँपालिकाका स्थानीय, र दार्चुलाको मार्मा क्षेत्रका स्थानीयले सुर्मा देबीको बिधिबत अराधाना गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार