बाढिपिडितले एक बर्ष बितिसक्दा पनि पाएनन् राहत, अर्काको घरमा बस्नुपर्ने बाध्यता

रुपक खड्का बझाङ : जिल्लाको मष्टा गाउँपालिका-१ को सिन्नेमेलामा गत बर्षको असारमा आएको बाढिले स्थानिय नर बहादुर खड्काको घर बगाएर बगडमा परिणत गरेको थियो ।

छिमेकी लाई रिण जोहो गरि करिब नौ लाख लागतमा निर्माण गरेको घर गत बर्षको असारमा आएको बाढिले पुर्ण रुपमा क्षती गरेको थियो ।

पटकपटक स्थानीय सरकारलाई गुहार्दै राहतको प्रखाईमा बसेका खड्का हालसम्म अर्काकै घरमा जेनतेन गुजारी रहेका छन् । दुई पटक प्रहरी प्रसासनले घटना स्थल्मै पुगि मुचुल्का उठाएर उचित क्षतिपूर्ति दिने भनेपनी अहिलेसम्म
आफुले त्रिपाल समेत नपाएको गुनासो पोखे ।

आफ्नो पहुँच माथिल्लो निकायसम्म नभएको र प्रसासन लाई पटकपटक दबाब दिँदा पनि सरोकारवालाले ध्यान नदिँदा आफुले सधैं खुल्ला आकासमुनी बस्नुपरेको भनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका पुर्ब अध्यक्ष जगत खड्का समक्ष दुखेसो व्यक्त गरेका छन् ।

स्थानीय प्रसासनले घरबार बिहिन भएकालाई राहत स्वरुप कुनै सामाग्री उपलब्ध नगराउँदा स्थानीय सरकार मौन रहेको पिडित खड्काको जिकिर छ ।

यता स्थानीय जनप्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष भगवती बोहराले ” गाउँपालिकाको वडा नम्बर १ मात्र नभएर सिङ्गो गाउँपालिका भित्रिकाले बिपद व्यवस्थापनमा रकम नभएकाले राहत दिन नसकिएको बताए” ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार