बझाङमा असिनापानीले बालीनाली नष्ट

भोकमरी हुने भनि किसान चिन्तित

रुपक खड्का बझाङ : बझाङ जिल्लाका विभिन्न भु-भागमा भारी असिनापानी आउँदा बालिनाली नष्ट भएको छ ।बुधबार दिउँसो १ बजेबाट सुरु भएको असिना पानी लगातार १ घण्टा सम्म रहँदा गहुँ बाली, फलफूल तरकारी लगायत सबै अन्नबाली पुर्णरुपमा नष्ट भएको छ ।

लामो समय सम्म आकाशे पानीको पर्खाईमा रहेका कृषकहरु पानी नपरेपनी दुई महिना सम्म खानपुग्ने अन्नबाली भित्र्याउने सोचमा थिए । तर एक्कासि भारी असिनापानी आउँदा यहाँका कृषकहरुमा भोकमरी हुने चिन्ता छाएको छ ।

प्रायः ग्रामीण भेगका नागरिकहरु कृषिपेशा बाटै जिविकोपार्जन गर्छन् । तर समयमा पानी नपरी सुख्खा खडेरिले बालिनाली ह्रास हुँदा दुई छाक जोहो गर्न निकै समस्या भएको देखिन्छ ।

भर्खरै बालिनाली भित्र्याउने सोचमा रहेका जयपृथ्वी नगरपालिका-४ का कृषक राम बहादुर खाती भन्छन् ” सुख्खा खडेरिले बिउनै आर्जन गर्न हम्मे थियोे त्यसैमा असिनापानी आउँदा किसानहरुमा बज्रपात भएको बताए” ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार