बझाङ जिल्ला कोरोनाको उच्च जोखीममा : समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड

  सुनिल मण्डेल बझाङ  136 पटक हेरिएको

बझाङ : सधै झै बैशाख २ गते जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीहरुको बाक्लो भिड थियो । ओपिडी कक्ष भित्र जिल्ला अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु सेवाग्राहीलाई सेवा दिई रहेका थिए ।

एक सय जना भन्दा बढीको भिडभाडमा झण्डै ३/५ जना सेवाग्राही र केही स्वास्थ्यकर्मीहरु बाहेक कुनै पनी ब्यक्तीहरुले पनी माक्सको प्रयोग गरेका थिएनन् । चेकजाँचका क्रममा ग्रामीण भेग बाट सेवा लिन पुगेका २ जना र एक जना स्वास्थ्यकर्मीमा दोस्रो चरणको कोरोना देखा पर्यो ।

कोरोनाको लक्षण सहीत दुर्गाथली गाँउपालिकाका २४ बर्षिया युवा, जयपृथ्वी नगरपालिकाका ६० बर्षिया बृद्ध र जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षिया स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखीएको हो । यस्तै बैशाख ३ गते थलारा गाँउपालिकाकी ३० बर्षिया महिलामा पनी कोरोना पोजेटिभ देखीएको छ ।

उनी ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने हातखुट्टा, कम्मर दुख्ने, रिगाटा लाग्ने, आदी जस्ता लक्षणहरु भै सकेपछि जिल्ला अस्पतालमा उपचार गराउन
पुगेकी थिईन् । उनले आफुलाई कोरोना पोजेटीभ होला भन्ने कल्पना सम्म पनी गरेकी थिईनन् । ति महिलाले भनीन् “कती पटक मेडीकलहरुको औषधि ल्याएर खाए निको भएन अन्तीममा झन रोग बल्झीन थालेको महसुस भएपछि जिल्ला अस्पतालमा आउदा कोरोना पोजेटिभ भएको बताईन् ।

उनी अहिले होम आईसोलेशनमा बसी रहेकी छन् । यस्तै शनिबार मात्रै जयपृथ्वी नगरपालिकाकी ३० बर्षिया महिला, उनकी ५ बर्षिया छोरी र ३४ बर्षिया एक महिलामा कोरोना पोजेटिभ देखा परेको जिल्ला अस्पतालका निमित्त कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताए । संङ्का लागेका ब्यक्तीहरुको कोरोना परिक्षण गर्दा पोजेटिभ देखा पर्ने गरेको उहाँको भनाई छ ।

जटील समस्या भएर मेडीकलको औषधिले समेत निको नभएर अस्पताल पुगेका ब्यक्तीहरुमा चेकजाँच गर्दा कोरोना देखा पर्ने गरेको डाक्टर खड्काले बताउनु भयो । अहिले ५ जना जिल्ला अस्पतालको आईसोलेशनमा उपचार गराई रहेका छन् । शहर बजार, ग्रामीण बस्ति विद्यालय, सरकारी तथा गैर सरकारी संघ संस्था वा अन्य सार्वजनीक कुनै पनी ठाँउमा जाँदा सेवा ग्राहीहरु तथा अन्य कर्मचारीहरु समेतले माक्सको प्रयोग नगरेको आफुले फेला पारेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनु भयो ।

उनले पछिल्लो चरणमा स्थानीय सरकार तथा
अन्य सरोकारवाला निकायले यस प्रति चाँसो नै नदीएको बताए । पहिला र अहिलेको तुलनामा कोरोना केही पनी होईन यसले केही असर गर्दैन भन्ने जस्तो भ्रम स्थानीयमा परेको र पछिल्लो समय ग्रामीण बस्तिमा नै कोरोना देखा परेको भएपनि नेपाल सरकारले गरेको सामान्यतया स्वास्थ्यका मापदण्डहरु कसैले पनी प्रयोग नगरेको
उहाँको भनाई छ ।

यस प्रती स्थानीय सरकारले समेत चाँसो नदीएको नेपाली काँग्रेसका पार्टी सभापती हर्कजंग बहादुर सिहँले बताउनु भयो । पहिले स्थानीय सरकारले निर्माण गरेका
आईसोलेशनको अवस्था पनी जिर्ण बन्दै गएको बताउदै यसका स्थानीय सरकार देखी प्रदेश तथा केन्द्रीय सरकारले चाँसो नदीएको उहाँको आरोप छ । तर यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने आफुहरु कोरोना नियन्त्रणका लागी बझाङ जिल्लामा रहेको सबै पालिकाका प्रमुखहरु संग समन्वय गरी रहेका र अबको केही दिनमा नै पुन बैठेक बसी कडाईका साथ अघि बढ्ने बताउनु भयो ।

साथै अहिले जिल्लामा लाग्ने सभा समारोह तथा मेला जात पर्वहरु नगर्न तथा नगराउन तथा भिडभाड समेत
नगर्न सबैलाई जानकारी गराई सकेको बताउदै उनले यदी सो कार्य विरुद्ध गए महामारी रोग नियन्त्रण ऐन सम्बन्धि जोकोहीलाई पनी कार्वाही गरीने बताउनु भयो । बझाङ जिल्ला झरी अहिले सम्म ९४० जना संक्रमीत मध्ये ३ जनाको कोरोना संत्रमण बाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार