पत्रकार बिष्टद्धारा जन्म दिनको अबसर पारी पत्रकार हित कोषमा तिन हजार जम्मा

महासंघ द्धारा धन्यबाद

  खप्तड समाचारदाता  197 पटक हेरिएको

बझाङ । आफ्नो जन्म दिनको अबसरमा पत्रकार डिबी बिस्टले नेपाल पत्रकार महासंघ बझाङ शाखाले स्थपना गरेको पत्रकार हित कोषमा तिन हजार रुपयाँ जम्मा गर्ने घोषणा गर्नु भएको छ । रेडियो खप्तड आवाजका स्टेसन म्यानेजर, उज्यालो , राजधानी दैनिकमा कार्यरत बिष्टले बैसाख १ गते परेको जन्म दिनको अबसरमा हित कोषमा आफ्नो जन्म दिनको खर्च घटाएर हित कोषमा जम्मा गर्ने बताउनुभएको हो ।
पत्रकारीता क्षेत्रमा आयस्रोत कम हुने,पत्रकारहरुलाई कुनै पनि जटिल समस्या पर्दा अरुलाई गुहार्नु भन्दा महासंघबाट सानो रकम भएपनी पिडित पत्रकारहरुलाइृ सहयोग गर्न तथा समस्यामा परेका पत्रकारहरुलाई राहात दिने उदेश्यले नेपाल पत्रकार महासंघ बझाङको नव निर्वाचित कार्य समितीले पत्रकार कल्याण कोषको स्थापना थियो । साथै पत्रकार महासंघ बझाङका कार्य समितीमा रहेका पत्रकारहरुको जन्म दिन तथा शुभकार्यमा १ हजार रुपैयाँ उक्त कोषमा जम्मा गर्नु पर्ने निर्णय समेत गरेको थियो । पत्रकार बिष्टले यो हित कोष पत्रकारहरुकै लागी भएकाले यसलाई थप निरन्तरता दिन सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले आफुले आफ्नो जन्म दिनको खर्च कम गरेर हित कोषमा जम्मा गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार