पत्रकार महासंघ बझाङद्धारा पत्रकार हित कोष र नरेस स्मृती पत्रकारिता पुरस्कार स्थापना

  खप्तड समाचारदाता  159 पटक हेरिएको

बझाङ,। नेपाल पत्रकार महासंघ बझाङ शाखाको पहिलो बैठकले पत्रकार हित कोष तथा नरेस स्मृती पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । नव निर्वाचित पदाधिकारीहरुले पहिलो बैठकमा पत्रकार हित कोषको स्थापना गरि ३८ हजार पाँच सय जम्मा गर्नुका साथै नरेस स्मृती पत्रकारिता पुरस्कारको स्थापना गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब पत्रकार नरेश खड्काको सम्झनामा शाखाले जिल्लामा पत्रकारहरुलाई पुरस्कृत बितरण गर्ने र पुरस्कार छनौट समिती समेत गठन गरेको छ । बैसाख २४ गते पत्रकारिता दिवसको अबसरमा पुरस्कार बितरण गरिने शाखाका अध्यक्ष शैलेन्द्र रोकायाले जानकारी दिनुभयो । साथै उहाँले पत्रकारीता क्षेत्रा आयस्रोत कम हुने,पत्रकारहरुलाई कुनै पनि जटिल समस्या पर्दा अरुलाई गुहार्नु भन्दा महासंघबाट सानो रकम भए पनी पिडित पत्रकारहरुलाइ सहयोग गर्न तथा समस्यामा परेका पत्रकारहरुलाई राहात दिने उदेश्यले पत्रकार कल्याण कोषको स्थापना गरेको समेत बताउनुभयो । साथै पत्रकार महासंघ बझाङका कार्य समितीमा रहेका पत्रकारहरुको जन्म दिन तथा शुभकार्यमा १ हजार रुपैयाँ उक्त कोषमा जम्मा गर्नु पर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।
कोषको स्थापनामा सुरुवाति चरणमा पत्रकार महासंघ बझाङका पुर्व अध्यक्ष तथा सामुदायिक रेडियो प्रसारण संघ अकोरावका सुदुरपश्चिम अध्यक्ष जगत बहादुर खड्काले ५ हजार, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष शैलेन्द्र रोकायाले ३ हजार, पत्रकार निरमराज जोशीले २ हजार, विना रोकाया जोशीले २ हजार, दिनेश बोहोराले २ हजार, उतम थापाले २ हजार, आशिष सिंहले १ हजार ५ सय, असोक खड्काले १ हजार ५ सय, प्रदिप मलासलिे १ हजार ५ सय, विर्ख बोहोराले १ हजार ५ सय, ललित सिंहले १ हजार ५ सय, सुवास कठायतले २ हजार ५ सय, झलक सिंहले १ हजार ५ सय, रमानन्द जोशीले २ हजार गरी उक्त कोषमा ३८ हजार पाँच रकम जम्मा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार