बझाङमा १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ

जिबन पातली बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ परेका छन् । जयपृथ्वी नगरपालिका-६की १४वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा अध्यनरत १४बालिकालाई सोही बिद्यालयकै ३१बर्षका शिक्षक जगत सिंह जोगीले जबरजस्ती करणी गर्न खोजेको पीडित बालीकाका आफन्तले बताएका छन् । चैत्र १४ गते एक्लै पानी भर्न पधेरामा जाने मौका छोपी शिक्षकले जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाले बताएकी छन् ।

पिडीत पक्षले जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका छन् । पिडितको उजुरीपछि प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार