उपचार गर्न गाउँमा चिकित्सकको टोली , स्थानीय खुशी

  खप्तड समाचारदाता  143 पटक हेरिएको

बझाङ । जिल्ला अस्पताल बझाङको डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका दुर्गम गाउँहरुमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहहरुका दुर्गम गाउँहरुमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरि रहेको हो ।
गाउँ घरमा चिकित्सक कार्यक्रम अन्र्तगत बिहिबार सुर्मा गाउँपालिका १ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई जना डाक्टर सहितको टोलीले ग्रामिण भेगमा बसोबास गर्ने बिपन्न बर्गहरुलाई लक्षित गरि सेवा प्रवाह गरि रहेका छन् । टोलीले निशुल्क रुपमा ओपिडी सेवा , प्रयोगशाला सेला , भिडियो एक्सारे सेवा , महिलाको पाठे घर सम्बन्धी सेवा , ईसिजी सेवा ,फार्मेसी सेवा र यौन रोग सम्बन्धी सेवा हरु गाउँमा गएर दिदै आएको जिल्ला अस्पतालका सुचना अधिकृत गंगा जोशीले बताउनुभयो । उहाँले भन्नुभयो , जिल्लाको १२ वटा पालिकाको अति दुर्गम गाउँमा गएर स्वास्थ्य शिबिरका रुपमा उपचार गदै आएको समेत बताउनुभयो ।
गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयहरु निकै खुशी भएका छन् । सुर्मा गाउँपालिका १का जय बहादुर बोहराले भन्नुभयो यसरी हामीले गाउँमा आएर सबै सेवा पाउने आसा गरेका थिएनौ तर यहाँ त सबै सुबिधा रहेछ । उहाँले बर्षौ देखि आफ्नो पेटको समस्या थियो , पैसा नहुदा अस्पताल सम्म जान सकेको थिएन , यो धेरै राम्रो काम गरेको हो । बोहरा मात्र होईन सुर्मा गाउँपालिका अन्य सहभागीहरुको भनाई पनि उस्तै छ । गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले भन्नुभयो , सधै गाउँपालिकाको केन्द्रमा मात्र शिबिर आउने हुदाँ यो पटक भने दुर्गम गाउँका बिपन्न समुदायलाई लक्षित गरि यो कार्यक्रमको छनौट गरेको हो । उहाँले स्वास्थ्य नै सबै भन्दा महत्वपुर्ण कुरा भएकाले सबैलाई शिबिरमा आएर उपचार गराउन आग्रह समेत गर्नुभयो । गाउँपालिका प्रबक्ता समेत रहेका वडा १का वडा अध्यक्ष पुस्कल बोहराले गाउँमा यसरी औसधी सहितको टोली आएर घरमा उपचार गराउन पाउनु यहाँका जनताका लागी राम्रो काम भएकाले सबैले आएर सहभागी हुनु पर्नेमा जोड दिनुभयो । उहाँले दुर्गम गाउँमा बिषेसज्ञ सहितको सेवाले ग्रामिण भेगमा बस्ने समुदायका लागी सकरात्मक काम भएको समेत बताउनुभयो । यसरी दुर्गम गाउँमा गएर डाक्टर सहितको टोलीले उपचार गरेको जिल्लामा पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार