बित्थडचिर गाउँपालिकामा रास्ट्रपति रनिङ सिल्ड हुँदै 

 

कर्ण धामी बझाङ । जिल्लाको बित्थडचिर गाउपालिकामा पालिका स्थरीय रास्ट्रपति रनिङ सिल्ड हुने भएको छ । स्वास्थ लागि खेलकुद रास्ट्रकालागी खेलकुद भन्ने मुल नाराका साथ पालिका को आर्थिक सहयोग र बित्थडचिर गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा चैत्र १२ गते देखि रास्ट्रपति रनिङ सिल्ड प्रतियोगित सुरु हुने भएको छ ।

खेलकुद बिकास समितिका अध्यक्ष प्रसाद बिस्टका अनुसार पालिकाको समग्र खेलकुदको बिकास ,पालिकामा रहेका बिद्यालयहरुको प्रगती , खेलकुद प्रगती विवरण र पालिकामा रहेका विद्यालयहरुका विद्यार्थीको प्रगति विवरण रहने बताउनु भयो ।

कार्यक्रममा पालिका भरीका बिद्यालय सहभागी हुने भएका छन । अघिल्लो बर्ष झै कार्यक्रममा पालिका भरीका विद्यालयहरुको बिद्यालय स्थरीय अतिरिक्त क्रीयकलापका साथै रास्ट्रीय तथा स्थानीय कलाकार को प्रस्तुति रहने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार