खप्तड छान्नामा सुबिधा सम्पन्न अस्पताल सञ्चालन

  खप्तड समाचारदाता  892 पटक हेरिएको

बझाङ । जिल्लाको दुर्गम खप्तड छान्ना गाउँपालिकमा निजी क्षेत्रको लगानीमा सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रम गरि खप्तड छान्ना गाउँपालिका ४ पसलबगरमा खप्तड हेल्थ केयर अस्पतालको औपचारिक उद्घाटन गरि सञ्चालनमा आएको हो ।
ग्रामिण भेगमा एम बि बि एस डाक्टर सहितको बिषेसज्ञ सेवा दिने उदेस्यले अस्पताल सञ्चालनमा अए पछि यहाँका स्थानीयहरु ख्ुाशी भएका छन् । अस्पतालबाट भिडियो एक्सारे सेवा , एक्सारे सेवा , ईसिजी सेवा , फोर्मेसी सेवा , ल्याव सेवा , ओपिडि र ईमेरजेन्सी सेवा दिने अस्पताल सञ्चालक सत्यराज जोशीले बताउनुभयो । उहाँले अस्पतालबाट बिषेसज्ञ सहितका सेवा दिने गरि यसलाई मुनाफा भन्दा पनि सेवाका संग जोडेर लिने बताउनुभयो । उहाँले अस्पतालमा एम बि बि एस डाक्टर सहित १५ जना कर्मचारी रहने छन् । उद्घाटन कार्यक्रममा बोल्दै खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले गाउँपालिकामा अस्पताल बन्नु राम्रो काम भएको भन्दै अस्पतालले स्वास्थ्य क्षेत्रमा नयाँ ईटा थपेको महसुस भएको बताउनुभयो । उहाँले स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा सर्ब सुलभ ,सस्तो र गुणस्तरिय सेवा दिनका लागी आग्रह गर्नुभयो ।
सदरमुकाम चैनपुरबाट ९ कोष टाढा रहेको ग्रामिण भेगमा अस्पताल निर्माण भएपछि यहाँका स्थनीयबासी लाई निकै राहत भएको छ । गाउँमै बिषेसज्ञ सेवा पाउदा आफुहरुलाई निकै राहत हुने भएकाले अब अस्पताल पुर्याउन नपाउदै बाटोमा मृत्यू हुने , आवत जावत लगायत महंगो स्वास्थ्य सुबिधा लिनु पर्ने बाध्यताको समेत अन्त्य भएको स्थानीय जनक खड्काले बताउनुभयो । उहाँले स्वास्थ्य सेवालाई सस्तो सर्ब सुलभ तथा गुणस्तरीय बनाउनमा जोड दिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार