बझाङमा म हिड्छु मेरो प्रदेश हिड्छ अभियान कार्यक्रम संचालन

सुनिल मण्डेल बझाङ । बझाङ जिल्लामा म हिड्छु मेरो प्रदेश हिड्छ अभियान कार्यक्रम संचालन भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रम शुभारम्भ भएको हो ।

म हिड्छु मेरो प्रदेश हिड्छ अभियान सम्बन्धि जिल्लाका सरकारी कार्यलयका प्रमुखहरु तथा सरोकारवालहरु संग एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गर्दै कार्यक्रमको शुभारम्भ गरीएकोे हो । स्वाथ्य कार्यलयका प्रमुख भानुभत्तजोशिको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समीतीका प्रमुख खडक बहादुर खड्का रहनु भएको थियो ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी का साथै जिल्ला स्थित सबै सरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधी संगै पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । हिटडुल नगरी बसी रहँदा धेरै जस्तो ब्यक्तीहरुले नसर्ने रोगको सिकार हुने गरेका कारण यो अभियानले सबैको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउने कार्यक्रमका फोकल प्रसन तथा तथ्याङ्क अधिकृत कटक बहादुर सार्कीले जानकारी दिनुभयो ।

सरुवा तथा नसर्ने रोगको रोगथाम तथा नियन्त्रण गर्ने उदेश्यले यो अभियान सुरु गरीएको स्वाथ्य कार्यलयका प्रमुख भानुभत्त जोशिले बतानुभयो । नियमीत रुपमा हिडाईले मुटु रोगको जोखीम घटाउने, रत्तचापको अवस्था सामान्यमा ल्याउने, रक्त लिपीड प्रोफाईलमा सुधार ल्याउने, शाररीक तौललाई सन्तुलित राख्न मद्धत गर्ने, मानशिक स्वास्थ्यमा सुधार ल्याउने, हड्डी खीईने जोखीम घटाउने, स्तन क्यान्सरको जोखीम घटाउने , मधुमेह मोटोपन,डिप्प्रेशन, चिन्ता रोगको जोखीम घटाउने आदी फाईदा गर्ने भएका कारण कम्तीमा पनी आफ्नो स्वाथ्यको ख्याल गरी आधा घण्टा हिड्न सक्नेले हिटडुल गर्नु पर्ने र दौडन सक्नेले दौडनु पर्ने स्वास्थ्य कार्यलयका प्रमुख भानुभत्त जोशिले बतानुभयो ।

यो अभियान जिल्लामा रहेको सबै सरकारी कार्यलयहरु बाट लागु गर्ने योजना रहेको उहाँको भनाई छ । कार्यलयमा कार्यरत कर्मचारीहरुको स्वाथ्य कार्यलयले परिक्षण गर्ने र राष्ट्रसेवक कर्मचारी को स्वास्थ्य सुधारका लागी थप आवष्यक सुझाब सल्लाह दिने योजना रहेको छ ।
यो अभियनले राष्ट्रसेवक कर्मचारीलाई मात्रै नभएर सबै आम सर्वसाधारणलाई समेत फाईदा पुग्ने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो । उनले कर्मचारी स्वस्थ भए सर्वसाधारणको काम छिटो र छरीतो गर्न सकीने बताउदै कर्मचारी विरामी परे सबै नागरीकहरुले सास्ती खेप्नु पर्ने अवस्था भएका कारण यो अभियानले राम्रो काम गर्ने जानकारी दिनुभयो ।

साथै प्रमुख जिल्ला अधिकारी अधिकारीले राष्ट्रसेवक कर्मचारी मानशिक रुपमा परिश्रम बढी गर्नु परेको बताउदै अब यो अभियानले शाररीक रुपमा पनी परिश्रम गर्न सिकाउने र कार्यक्रम प्रभावकारी हुनका साथै सेवा पनी थप चुस्तदुरुस्त हुने विश्वास ब्याक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार