छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राऊ

बझाङ । आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका एक ४४ बर्षिया ब्यक्तिले फागुन २७ गते राती ११ बजेको समयमा कोठामा सुति रहेको अवस्थामा मदिरा सेवन गरी जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्का ले जानकारी दिए ।

प्रहरी मा आएको जाहेरीका आधारमा आरोपीलाई फागुन २७ गते जिल्लाको विथ्थडचिर गाउँ पालिका ४ देउलेकबाट पक्राउ गरिएको र थप अनुसन्धानका लागी जिल्ला अदालत बझाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार