जन्मदिनको अवसर पारी शैक्षिक सामाग्री बितरण

कर्ण धामी बझाङ । २७ औ जन्मदिनको अवसर पारेर केदारस्युँ गाउँपालिका वडा न १ युवा संघका ईन्चार्ज सुमन भण्डारी ( क बाहुन ) ले पालिकाका विभिन्न बिद्यालाय लाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

जिल्लाको केदारस्युँ गाउँपालिका वडा न १ चौडाम स्थित भगवती आधारभुत बिद्यालय पालिकाकै वडा न १ को बेताल माध्यामिक बिद्यालय रातापानी र वडा न १ कै समैजी आधारभुत बिद्यालय कालाढुङ्गाका बालबालिकाका लाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

आफ्नो जन्मदिनको अवसरमा सामुदायिक बिद्यालयका बालबालिका हरुलाई उत्प्रेरित हौसला तथा क्षेमता अभिबिर्दी बढाउने उद्देश ले शैक्षिक सामाग्री बितरण गरेको उनले बताए ।

सुमन भण्डारी नेपाल कमन्युस्ट नेकपा केदारस्युँ गाउँपालिका वडा -१ का युवा नेता पनि हुन यो भन्दा अघाडी उनले जिल्ला का विभिन्न पालिकाका गरिब, पिडित असहाय लाई सहयोग गर्दै आएका थिए । केही समय अगाडी केदारस्युँ गाउँपालिका- १ चौडाम घरभै थलारा गाउँपालिका वडा न १ मा बस्दै आउनु भएका गम्भिरे नेपालीको लागि पनि आथिक तथा भौतिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार