पत्रकार रोकाया लिलानाथ युवा पुरस्कारबाट सम्मानित

  शुरेस बहादुर सिहं  87 पटक हेरिएको

बझाङ । गोरखापत्र दैनिकका समाचार दाता तथा रेडियो खप्तड आवाजका अध्यक्ष शैलेन्द्र रोकाया लिलानाथ युवा पुरस्कार २०७७बाट सम्मानित हुनु भएको छ । कैलाली बहुमुखी क्याम्पस बिद्यार्थी साहित्य प्रतिष्ठानले आयोजना गरेको बार्षिक उत्सबको कार्यक्रममा साहित्य तथा पत्रकारिताका माध्यामबाट सुदूरपश्चिम प्रदेशका शिक्षा, भाषा, लोक साहित्य ,कला र संस्कृती प्रवर्धनमा बिसिष्ट काम गरेको भन्दै उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।
झण्डै डेढ दशक देखि बझाङ जस्तो दुर्गम गाउँमा बसी पत्रकारिता गर्दै आएका रोकाया समाजका हरेक सवाल उठान गर्दै आउनु भएको छ । जिल्ला युवा समितीका अध्यक्ष समेत रहनु भएका रोकायाले युवाको नेतृत्व बिकास तथा पैरबी गर्दै आएको भन्दै उहाँलाई सम्मान गरेको हो । रोकाया गत बर्षका राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट समेत सम्मानित हुनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार