पाँच बर्षिया छोराको भविष्यका लागी गाँउ गाँउ चार्दै दृष्टि विहीन बुबा

सुनिल मण्डेल बझाङ । बुढाबुढी दुबै जना दृष्टि विहीन छन् । उमेरले दुबै जना पाका छन् । तर छोरा भने भर्खर ४ बर्ष पुरा हुन थाल्यो । आफ्नो चिन्ता भन्दा पनि  दुबै बुढा बुढीलाई त्यही नाबालक छोराको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले  बेला बेला झस्काई रहन्छ । विहान बेलुकाको एक छाक टार्न पनी धौ धौ पर्ने उनको आम्दानीको श्रोत भनेको सरकारले दिदै आएको सामाजीक सुरक्षा भत्ता बाहेक अरु केही छैन ।

यो ब्यथा बाजुरा जिल्ला त्रिबेणी नगरपालिका घर भएका सर्जन बुढाको हो । जन्मजात नै राम्रो संग आँखा देख्ने नसक्ने सर्जन बुढाले विग्रीएको माईकको सहारा लिएर गित गाएर सहयोग माग्न मंगलबार बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा पुगेका हुन् । सर्जनले मंगलबार बझाङको सदरमुकाम चैनपुर पुगेर कलाकार बद्री पंगीनीले गाएको ः मन थिएन जोगि बन्नलाई , हात हेराउदा ज्वतीशिले राम्रै हून्थ्यो भन्थे भन्नलाई भन्ने जस्ता मन छुने गितहरु गाउनु भएको थियो । उनलाई धेरै जस्तो महिला पुरुष तथा सहयोगी मन भएकाहरुले सामान्य सहयोग समेत गरे । बुढाले अलि अलि छाया देख्न सक्ने भएपनी तर राम्रो संग देख्न नसक्ने बताए । उनले लामो समय पुर्व पश्चिमका विभिन्न गल्ली तथा ठाँउहरुमा समेत गित गाउँदै हिडेको बताउनुभयो ।

आफुले गित गाउँदै जाँदा एक आफु जस्तै दाङकी दृष्टिविहीन महिला संग विवाह गरेर छोरा जन्मीएको र अहिले छोरा पाँच बर्षको भएको बुढाले बताए । उनले अहिले आफ्नो भन्दा बढी चिन्ता छोराको लाग्ने गरेको बताए । अहिले मेरो परिवार र छोरा कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा सामान्य झोपडीको भरमा आश्रय लिएर बसी रहेका छन् ।

सर्जनले गहभरी आँसु पार्दै भने “त्यो घर र जग्गा पनी बाजुरेली समाजका सहयोगी मनहरुले बनाईदिएका हुन् । नभए सडकमा नै बास हुन्थ्यो होला” । अहिले छोरा कालीका माविमा अध्यन गर्दै छ । छोराको पढाई खर्च एक महिनाको २५० बस भाडा मात्रै लाग्छ । अन्य कापि, कलम खर्च नास्ता खर्च बेहोर्न पनी हम्मे हम्मे हुन्छ । आफुहरुले पनी एक छाक खाना खानका लागी अरु विकल्प नभएर यसरी गाँउ सहर बजार चार्दै आर्थिक सहयोग मागेर गुजारा चलाउदै आएको बताए । उनले भने हिजो मात्रै परिवार संग कुरा भएको थियो । छोराको विद्यालयको परिक्षा शुल्क ४० रुपैया र बस भाडा २५० दिनु भन्दै थियो रे । म यसरी बझाङ पुगेको छु । अब भोली नै यता बाट गएर उक्त फि तिर्ने योजना आफ्नो रहेको बुढाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार