मृतक अमृत सिंहको खुडा प्रहार गरेको स्थानमै नेपालि काङ्ग्रेस को बृहत् आम सभा

नेपका परित्याग गरि दर्जनौं व्यक्ती नेपाली काङ्ग्रेस मा प्रवेश

बझाङ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा -३ पाटागाउँमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले मृतक अमृत सिंह (लखन) श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको असम्बैधानिक कदम का विरुद्ध बृहत् आम सभा गरेको छ ।

कार्यक्रमका प्रमुख अथिती पुर्व राज्यमन्त्री अर्जुन जंग बहादुर सिंह विशिष्ट अतिथी नेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महर अथिती जिला कार्य समितिका सभापति हर्क जंग बहादुर सिंह रहनु भएको छ ।
कार्यक्रममा विभिन्न वक्ताहरुले बोल्दै मृतक अमृत सिंह प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै माल्यापर्ण गरेका छन् ।

विध्यालय व्यवस्थापन समितीको चुनावमा हार व्यहोरेका कम्युनिस्टका वडा अध्यक्ष लगायत अपराधी गिरोहले अमृत सिंह माथी खुडा प्रहार गरेको घटना स्थल मै बृहत कार्यक्रम गरि नेकपा पार्टी परित्याग गरेका २५ जना व्यक्ति हरुलाई नेपाली काङ्ग्रेसको सक्रिय सदस्यता पत्र दिएर स्वागत गरेको छ ।

कार्यक्रममा बोल्दै मृतक सिंहका बुबाले ” मेरो छोराले कुनै अपराधी काम नगरी विध्यालयको शिक्षा क्षेत्रको लागि लड्दा छोरोको मृत्यु नभई सिङ्गो गाउँपालिकाको लागि अमर रहेको स्मरण गरेका थिए , त्यस्तै आफ्नो छोरो कुनै दुर्घटना मा नपरी समाजको लागि लड्दा अपराधी व्यक्तिहरुले निर्मम हत्या गरेको बारे दुख व्यक्त गरेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार