धुर्बराज रोकायाको मार्मिक कबिता “नेता ज्यू”

कविता :- “नेता ज्यू”
सुदूरको गाउँबाट बल्लतल्ल
हो म तिम्रो सहर पसेको थिए
बिरामी बुवा बोकेर
रहरले थिएन, शहरले दिएन,
मेरो बुवाको उपचार गर्न
मेरो बुबा बोकेको
एम्बुलेन्स कुददै गर्दा अस्पताल तिर
नेता ज्यु को बन्दपरेछ।
म गाउँले गोठालो लाई केथाहा
मेरो भन्दा बढी नेताले भेडा पाल्दा रहेछन ।
नेताज्यू भेडा चराउन जाँदै गर्दाको समय परेछ।
बुवा बोकेर एम्बुलेन्स दगुर्दा
सबै भेडा आएर बाटो बन्द गरे ।
केही साढे पनि थिए।
एम्बुलेन्स एक कदम चल्न दिइएन
सिङले ड्याम ड्याम हिर्काउन थाले
अघि बढ्न दिएन
जसरी देश बढ्न दिएका छैनन् ।त्यसैगरी।
बुबा भित्र तड्पिँदै थिए ।
अब विकल्प निकाले।
पिठ्युँमा बोकेर कुद्ने ।
जसरी गाउमा कुदिन्छ ।
त्यसैगरी जाँदै गर्दा सहरको ,
बाटैमा मेरा बुवा अस्ताउँनु भयो।
कसम नेता ज्यू तिम्रो अस्पताल देख्नै पाइन ।
अर्को चोटी आमा लिएर आउछु।
भेडा अलि चाडै खोएर पठाउनुहोला।
तिम्रो अस्पतालमा लुटिने अवसर दिनुहोला ।
बाटैमा एम्बुलेन्स नरोकी दिनुहोला ।
नेता ज्यू।।।।।

लेखक धुर्बराज रोकाया

खप्तड छान्ना ७

हाल काठमाडौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार