बीपी स्टडी युथ सर्कल बझाङको अध्यक्षमा रोकाया चयन

  खप्तड समाचारदाता  445 पटक हेरिएको

बझाङ । जन नायक बीपी कोइरालाको जीवन संघर्ष, साहित्य, दर्शन र उहाँका विभिन्न पुस्तकको अध्ययन, विचार विमर्श तथा राजनिती र सहित्यको सम्बन्ध एवं समुचित विवेचना मार्फत क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको बीपी स्टडी युथ सर्कलको जिल्ला अध्यक्षमा पुस्पराज रोकाया चयन भएका छन ।
रोकाया लामो समय देखि बीपी कोइरालाको जीवन संघर्ष र उहाँका तमाम प्रकाशित पुस्तकको अध्ययनमा निरन्तर सकृय छन् । नेपाली राजनितिको इतिहासमा स्वर्णिम अक्षरले अग्रस्थानमा नाम लेखिएका महमानव बिपी कोइराला राजनितिमा लोकतन्त्रवादी र साहित्यमा अराजक भुमिका निर्वाह गर्ने कालजयी पात्र हुन् । मुलुकलाइ परेका हरेक संकटमा बेला उहाँका महावाणीले मात्रै पनि निकासको बाटो तयगर्ने गरेको धुर्वसत्य यथार्थलाइ उजागर गर्नका निम्ति पनि बीपी स्टडी युथ सर्कल सकृयरुपले लागि रहने प्रतिबद्धता रोकायाले गरेका छन ।
अध्यक्ष रोकाया मुलुकका समसामयिक राजनैतिक घटनाक्रमलाइ सरल र यथार्थपरक ढंगबाट विश्लेषण गर्ने लेखक पनि हुन् । विद्यमान भुराजनिती, सामरिक महत्व लगायत तत्कालीन राजनैतिक र सामाजिक घटनाक्रमको बारेमा नेपाली संचार माध्यम र राष्ट्रिय पत्र पत्रीकामा रोकायाका आलेखहरु प्रकाशित छन् ।
बीपी कोइरालाले परिकल्पना गर्नुभएको सामाजवाद को व्याख्या, आजको आवस्यकता र उहाँका प्रकाशित पुस्तक अध्ययन मार्फत आजको युवा जमातलाइ थप ससक्त, बौद्धिकरुपमा परिस्कृत र लेख- रचना र सिर्जना मार्फत साहित्य संगको साक्षात्कार गर्ने काम अब बीपी स्टडी युथ सर्कल बझाङले गर्ने भएका कारण बीपीलाइ केवल व्यक्ति वा पात्रका रुपमा मात्र बुझ्ने कुरा संकुचित व्याख्या र संकिर्ण मानसिकताको उपज मात्रै हुने भएकोले वहाँको प्रवृत्ति र पात्रतालाई ग्रहण गर्न सक्यो भने मात्रै राजनिती र साहित्यको सन्तुलित रुपमा बौद्धिक खुराक प्राप्त गर्न सकिने कुरा रोकायाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार