जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण

बझाङ्ग । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरीएको छ ।
शुक्रबार सदुरमकाम चैनपुरमा जयपृथ्वी नगरपालिका अपाङ्ग सुरक्षा सञ्जालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरीएको हो । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग रु.एकलाखमा न्यानो कम्मल बितरण गरिएको सञ्जाले जनाइएको छ ।

अपाङ्गता पमाण पत्र नविकरण गरेको ७० जनालाई न्यानो कपडा स्वरुप कम्मल वितरण गरीएको जयपृथ्वी नगरपालिका अपाङ्ग सुरक्षा सञ्जालका अध्ययक्ष बर्म दत्त जोशीले जानकारी दिए । यस्तै सञ्जालकी उपाध्यक्ष इश्वरी जोशीले चिसो समयमा अपाङ्घता भएका व्यक्तिहरुलाई केही सजिलो होस् भनेर कम्मल वितरण गरीएको बताइन् ।

यस्तै अपाङ्घता भएका व्यक्तिहरुको नाममा बजेटहरु आएता पनि स्थानिय सरकारले पुरै बजेट अपाङ्गता भएकाहरुका लागि खर्च नगरेको कार्यक्रमा उपस्थित व्यक्तिहरुले गुनासो गरेका छन् ।

तर आफुहरुले अपाङ्गता भएकाहरुलाई सधै प्राथमिकतामा राखेको र नगरपालिका र वडा स्तरबाट समेत अपाङ्घता दिवसको अवसरमा बजेट उपलव्ध गराउदै आएको जयपृथ्वि नगरपालिकाकी उपमेयर जुना जाग्रिले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार