बझाङका उच्च हिमाली भेगमा भारी हिमपात

जनजीवन प्रभावित

सुनिल मण्डेल बझाङ । मौसममा आएको परिवर्तनसँगै बझाङ जिल्लाका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । भदौ महिना देखिको लामो खडेरीले सुख्खा भइरहेको बझाङमा बिहीबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको हो । हिमपात र वर्षाका कारण चिसो बढेको छ ।
गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको छ । जिल्लाको बुङगल नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, तल्कोट, साईपाल, मष्टा, खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकाका उच्च भु-भागममा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन ।

‘गाँउमा ३ फिट भन्दा बढी हिँउ परेको छ । एक घर बाट अर्को घरसम्म जान सकिने अवस्था छैन ।’ जनजीवन प्रभावित बनेको छ । दैनिक कामकाजका लागि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् छबिस पाथिभेरा गाउँपालिका – ७ का स्थानीय वसन्त मण्डेल बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार