भरूवा बन्दुक बोकेर कालिज मार्न हिंडेका दुई जना पक्राउ

सुरेश सिंह बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार