बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको अभाव

बझाङ । बझाङ्गको वित्थडचिर गाउँपालिका–४ स्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको छ । स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी पदपूर्ति हुन सकेको छैन् ।

वि.स. २०४८ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा एक जना एम्बिबिएस डाक्टर सहित ११ जना जनशक्तिको दरबन्दी छ । तर दरबन्दी अनुसारको जनशक्ति छैन् । दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा दरबन्दीको आधा जनशक्तिले स्वास्थ्य सेवा प्रदान गर्नु परेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.सन्दिप ओलीले बताए ।

स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टर एक जना, एच्ए एक जना, स्टाप नर्स एक जना, अनमी तीन जना, अहेब तीन जना, ल्याब एसिस्टेन्ट एक जना र कार्यालय सहयोगी एक जना गरी ११ जनाको दरबन्दी रहेको छ । तीमध्ये ५ जना मात्रै कार्यरत रहेका छन् ।

स्वास्थ्य केन्द्रमा एचए, अहेब, स्टाप नर्स, अनमी र ल्याब एसिस्टेन्ट एक/एक जना कार्यरत छन् । स्वास्थ्य केन्द्रका प्रमुख डा. ओलीका अनुसार समायोजनले गर्दा जनशक्ति रित्तिएका हुन । ‘गत वर्ष दरबन्दी अनुसार जनशक्तिको पदपूर्ति भएको थियो ।

तर वित्थडचिर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिक्त अवस्थीले जनशक्तिका लागि मन्त्रालयलाई पत्राचार गरेकोले एक महिनाभित्र जनशक्ति थपिने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार