बालगृह बनाए पछि बेसाहारा बालबालिकालाई साहारा

  खप्तड समाचारदाता  91 पटक हेरिएको

बझाङ । बझाङको बुंगल नगरपालिकाले एउटा अनाथ बालगृह बनाई दिएपछि त्यहाँ पालिका भित्र रहेका बेसाहारा अनाथ बालबालिकाहरुलाई साहार मिलेको छ । आमा बुवा तथा घरको अभिभावक नभएका बालबालिकाहरुलाई पालन पोष्गाण तथा शिक्षा दिनका लागी नगरपालिकाले अनाथ बाल गृह सञ्चालनमा ल्याएको हो ।
अहिले त्यहाँका १३ जना बुबा आमा गुमाएका गाउँ घरमा बेसाहारा भएका स्कुल पढ्न छोडेका बालबालिकाहरुले नयाँ जिवन पाएका छन् । बाल गृहमा बस्न खान लगाउन पढ्न पाए पछि बालबालिकाहरु उत्साहित भएका छन् ।

गत वर्षबाट सुरुवात गरेको यस अनाथ बाल गृहमा बस्ने बालबालिकाहरु अहिले शाररिक मानसिक रुपमा बलिया हुदै गएका नगरपालिका प्रमुख धन बहादुर विष्टले वताउनुभयो । उहाँले भन्नुभयो, भौगोलिक रुपमा विकट गरिबी अभाव रहेको यस पालीका भित्र बुबा आमा गुमाएका आफन्तले पनि हेरचाहा नगरेका गाउँ घरमा बेसाहारा भएका बालबालिका रहेको जानकारी आएपछि हामीले बच्चाको भविस्य सुधार गर्न बालगृहको अवधारण लिएका हौ । ६ बालक ७ बालिका रहेको यस बाल गृहका बालबालिका स्थानीय कन्या माद्यामिक बिद्यालय बटुलसेरामा १ कक्षा देखी ६ कक्षा सम्म पढ्ने गरेका छन् । बालबालिकाको खाना बस्न तथा शिक्षाको ब्यवस्था नगरपालिकाले गरि रहेको छ । यसरी पहिलो पटक जिल्लामा अनाथ बालबालिकालाई ब्यवस्थपन गरे पछि नगरपालिको यो निर्णयको सबैले स्वागत गरेका छन् । बाल गृहलाई अझै व्यवस्थीत र रामे बनाएर जिल्ला भरीका यस्ता बेसाहारा अनाथ बालबालिकाको भविस्य सुधार गर्ने लक्ष्यका साथ स्थापना भएको बाल गृह बनाउदा नगरपालिका भित्रका अनाथ बालबालिकाहरुलाई निकै राहत मिलेको बालगृहका कर्मचारी महोन भण्डारीले वताउनुभयो ।उहाँले भन्नुभयो, हामीले बालबालिकाको स्वास्थ्य उपचार , लुगा कपडा सरसफाई, खाना बनाउने र खुवाउने काम गरि रहेका छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार