खप्तड छान्ना गाउँपालिकाले अपाङ्ता भएका ब्यक्तिलाई रेडियो र सिरक बितरण

  खप्तड समाचारदाता  577 पटक हेरिएको

बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले पालिका भित्र रहेका अपाङ्ता भएका ब्यक्तिहरु लाई रेडियो र सिरक बितरण गरेको छ । आईतबार गाउँपालिकाको कार्यलय घाँटखोलामा एक औपचारिक कार्यक्रमको आयोजना गरि क बर्गको अपाङ परिचय पत्र पाएका २९ जनालाई प्रति ब्यक्ति एक सेट रेडियो र एक वटा न्यानो सिरक बितरण गरेको हो ।
सारिरिक रुपले अशक्त अपाङ्ता भएका ब्यक्तिलाई चिसो सिजनमा न्यानो कपडा सिरक र मनोरन्जन सुचना तथा जानकारीका लागी रेडियो बितरण गरेको थियो । गाउँपालिका भित्र क,ख,ग,घ बर्गको अपाङ्ता परिचयपत्र पाएका ब्यक्तिहरु धेरै भएपनि पहिलो चरणमा सारिरिक रुपले अशक्त गाउँपालिका भित्रका क बर्गका सबै अपाङ्ता भएका सानो राहत दिएको गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भन्नुभयो । उहाँले बार्षिक निती तथा कार्यक्रममा असहाय , गरिब , अशक्तहरुलाई बिभिन्न चरणका सहयोग गर्ने कार्यक्रमम अन्र्तरगत बितरण गरेका बताउनुभयो । पालिकाले यस अघि पनि जेष्ठ नागरिकहरुलाई चिसोयाममा सिरकहरु समेत बितरण गरेको थियो भने अपाङ्ता भएका ब्यक्तिलाई पनि सिपमुलक तालिम समेत दिएको थियो । स्थानीय ब्यापारी जनक खड्ककाले कार्यक्रमको समन्वय तथा सहयोग गर्नु भएको थियो । गाउँपालिकाले सिरक र रेडियो दिएपछि दिन रेडियो सुनेर दिन काट्न सजिलो हुने र सिरकले पनि चिसोयाममा राहत मिलेको खप्तड छान्ना ६का बिर बहादुर खड्काले बताउनुभयो । उहाँ जस्तै अन्य सामाग्री पाएका ब्यक्तिहरु पनि गाउँपालिकाले दिएको सहयोग प्रति खुशी भएका थिए । अपाङ्ता भएका ब्यक्तिहरुको रहत सामाग्रीका साथै क्षमता बिकास आयआर्जन र संस्थागत बिकासका लागी पालिकाले काम गरि रहेको कर्मचारीहरु बताउन्छन् ।
झण्डै दुई सय जनाको हाराहारीमा अपाङ्ता भएका ब्यक्ति रहेको यस गाउँपालिकामा अपाङ्ता क्षेत्रमा सन्जाल समेत गठन गरि उहाँहरुको हक हित र क्षमता बिकासका कामहरु समेत भई रहेको वडा नम्बर ७का वडा अध्यक्ष राम बहादुर सिंहले बताउनुभयो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकाया रहनु भएको थियो भने बिभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य स्थानीय समाजसेबीहरु , अपाङ्ता भएको ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार