बझाङ, । बझाङको छबिसपाथीभेरा गाउँपालिका ३ झोडेखेल्नामा भएको हत्याको घटना सेलाउन नपाउदै फेरि भिरबाट धकेलेर एकको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो ।
शुक्रबार स्थानीय बजारबाट संगै मदिरा सेवन गरि घर छबिसपाथीभेरा गाउँपालिका ७का ३३ वर्षिय लव बोहराले भिरमा धकेलेर हत्या गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले बताउनुभयो । उहाँहरु बिच बाटोमा हिड्दै गर्दा सामान्य बिबाद हुदा भिरको बाटो साधुरो भएकाले धकेलेर हत्या गरेको भेटिएको समेत उहाँले बताउनुभयो । हत्याको आरोपमा प्रहरीले लब बोहरालाई घटनास्थलबाट पक्राउ गरेको छ । रमेश बोहरालाइ भीरानो भीर भन्ने ठाउँबाट खोरी खोलामा धकेलेको प्रहरीले बताएको छ ।