छबिस हत्या प्रकरणमा संलग्न चार जना सार्बजनिक

  खप्तड समाचारदाता  685 पटक हेरिएको

बझाङ,। बझाङको छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ३ झडिखेल्लामा खुँडा प्रहार गरि हत्या गरिएका छबिसपाथीभेरा गाउँपालिका ३का २७ बर्षीय अमृत सिंहको हत्यामा संलग्न चार जनालाई प्रहरीले सर्बजनिक गरेको छ । स्थानीय बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको मंगलवार चुनाव सकेर घर फर्किने क्रममा पराजित पक्षका युवाहरुले चुनाव हारेको झोक सिंहको मंगलबार साँझ हत्या गरेको थियो ।
सिंह हत्याको घटनामा संलग्न सोहि गाउँपालिका २ वडाका वडा अध्यक्ष ३६ बर्षीय विकास ऐडी का ३४ बर्षीय प्रकाश ऐडी सहित ३२ बषीृ ज्ञान बहादुर कठायत , र ३७ बर्षीय केदारमा ऐडी रहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । उहाँले दिउसो बिद्यालयको निर्वाचन शान्तीपुर्ण तरिकाले भएको बताउदै बेलुका फेरि सामान्य बिवाद हुँदा धारिलो हतियार प्रयोग गरि चारै जनाले सिहंको हत्या गरेको बताउनुभयो ।
साँझ अमृत घर गएको अवस्थामा लुकीछिपी आएका नेकपा युवा समुहले अमृतलाई झुडोखेल्ला भन्ने स्थानमा भेटाएर धेरै फुर्तिफार्र्ती गर्ने तिमी हौ भनेर खुडा प्रहार गरि हत्या गरेको मृतकका आफन्त सचिन सिंहले वताउनुभयो । वडा अध्यक्ष ऐडिले चड्ने सरकारी नम्बरकोे मोटर साइकल सहित चारै जना हतियार खुडा लिएर मार्ने योजनाले आएका पिडित पक्षले वताएको छ ।
१८ महिना देखी सहमती नभएर विवादमा रहेको विद्यालयको व्यवस्थापन समितिका लागि चुनाव हुदाँ काँगेस पक्षले विजय गरेको थियो । मतदान आ आफ्नो पक्षमा हाल्नु पर्ने भन्दै दिउसो पनि दुवै पक्षका युवाहरुमा मुटभेट भएको थियो । चुनावको घोषणा भए पछि हार्ने पक्षले प्रतिसोधले यस्तो घटना गरेको स्थानीयले वताएका छन् । मृतक तरुण दलका स्थानीय नेता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार