सिंहको हत्याको बिरोधमा सदरमुकाम चैनपुर बन्द , बझाङ,धनगडी ,महेन्द्रनगर र काठमाण्डौमा प्रर्दषन

  खप्तड समाचारदाता  264 पटक हेरिएको

बझाङ, । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि नेपाल तरुणदलका छबपिाथीमेरा गाउँपालिकाका सदस्य अमृत सिंहको हत्याको बिरोधमा देशका बिभिन्न जिल्लाहरुका बिरोध प्रर्दषन गरिएको छ । बुधबार नेबिसंघले सदरमुकाम चैनपुरमा बिरोध प्रर्दष्g गर्नुका साथै सदरमुकाम चैनपुर बजार बन्द गरेको छ । त्यस्तै हत्याको बिरोधमा नेबिसंघ र तरुण दलले कैलालीको धनगडी ,कन्चनपुरको महेन्द्रनगर र देशको राजधानी काठमाण्डौमा एकै साथ प्रर्दषन गरेको हो ।
सिंहलाई हत्या गरेको बिरोधमा नेबिसंघले बुधबार सदरमुकाम चैनपुर बजार बन्द गर्नुका साथै जयपृथ्बी राजमार्ग समेत बन्द गरेको छ । हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई कारवाही गर्नु पर्ने माग्राख्दै सदरमुकाम चैनपुरमा बिरोध र्याली निकालेको हो । र्याली सदरमुकाम चैनपुर परिक्रममा गरि जिल्ला प्रसाशन कार्यालयको मुलगेट अगाडी टाएर बालेर समापन गरेको थियो ।
छबिसपाथीभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सोही गाउँपालिका ३ घर भएका अमृत बहादुर सिंहको खुँडा प्रहार ग िहत्या गरिएको थियो । आक्रमणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं २ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो । खुँडा प्रहार गरी हत्या गरेको आरोपमा सोही गाउँपालिका २ का ३२ बर्षीय ज्ञानबहादुर कडायत ,३५ बर्षीय केदार ऐडी , ३२ बर्षीय प्रकाश ऐडी र वडा नम्बर २का वडा अध्यक्ष बिकास ऐडीलाई पक्राउ गरिएको समेत उहाँले बताउनुभयो । बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जिते पछि रुष्ट रहेका केहि व्यक्तिहरुले नेपाल तरुण दलको छबिस पाथिभरा गाउँपालिका सदस्य सिंहलाई खुडा प्रहार गरि हत्या गरेको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार