छबिस हत्या काण्ड ः वडा अध्यक्ष सहित चार जना पक्राउ

  खप्तड समाचारदाता  328 पटक हेरिएको

बझाङ, । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ । छबिसपाथीभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सोही गाउँपालिका ३ घर भएका अमृत बहादुर सिंहको खुँडा प्रहार ग िहत्या गरिएको हो ।
आक्रमणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं २ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो । खुँडा प्रहार गरी हत्या गरेको आरोपमा सोही गाउँपालिका २ का ३२ बर्षीय ज्ञानबहादुर कडायत ,३५ बर्षीय केदार ऐडी , ३२ बर्षीय प्रकाश ऐडी र वडा नम्बर २का वडा अध्यक्ष बिकास ऐडीलाई पक्राउ गरिएको समेत उहाँले बताउनुभयो । बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जिते पछि रुष्ट रहेका केहि व्यक्तिहरुले नेपाल तरुण दलको छबिस पाथिभरा गाउँपालिका सदस्य सिंहलाई खुडा प्रहार गरि हत्या गरेको बताईएको छ ।
सिंहलाई हत्या गरेको बिरोधमा नेबिसंघले बुधबार सदरमुकाम चैनपुर बजार बन्द गर्नुका साथै जयपृथ्बी राजमार्ग समेत बन्द गरेको छ । हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई कारवाही गर्नु पर्ने माग्राख्दै सदरमुकाम चैनपुरमा बिरोध र्याली निकालेको हो । र्याली सदरमुकाम चैनपुर परिक्रममा गरि जिल्ला प्रसाशन कार्यालयको मुलगेट अगाडी टाएर बालेर समापन गरेको थियो । सत्ताको मातमा विपक्ष दलका कार्यकर्ताको हत्या निन्दनिय रहेको स्थानीय कांग्रेसले जनाएको छ । कांग्रेस कार्यकर्ता माथि पटकपटक भएका प्रहारले सत्ता विपक्षी दलका नेता कार्यकर्ता माथी कस्तो रवैया अपनाइरहेको प्रष्ट भएको कांग्रेसका पाटी सचिब भरत खड्काले बताउनुभयो । उहाँले बझाङ कांग्रेसले हत्याको घटनामा पार्टी केन्द्रीय कार्यालयको ध्यान केन्द्रीत गर्नुका साथै अपराधीलाई कानुनी दायरामा नल्याउन सम्म लास समेत नबुझ्ने बताउनुभएको छ । सिंहको शव जिल्ला अस्पताल सिमखेत राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार