खुँडा प्रहार गरेर काग्रेस कार्यकर्ताकोे हत्या, हत्याको आशंकामा वडा अध्यक्ष सहित दुई जना पक्राउ

  खप्तड समाचारदाता  270 पटक हेरिएको

बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ । सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताले जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरेको हो ।
आक्रमणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं २ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो । खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्याको आशंकामाछबिसपाथिभरा गाउँपालिका वडा नं २ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीलाई समेत प्रहरीले पक्राउ गरेको समेत उपरिक्षक खड्काले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको बताईएको छ । बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट रहेका केहि व्यक्तिहरुले नेपाल तरुण दलको छबिस पाथिभरा गाउँपालिका सदस्य सिंहलाई खुडा प्रहार गरि हत्या गरेको बताईएको छ ।
सत्ताको मातमा विपक्ष दलका कार्यकर्ताको हत्या निन्दनिय रहेको स्थानीय कांग्रेसले जनाएको छ । कांग्रेस कार्यकर्ता माथि पटकपटक भएका प्रहारले सत्ता विपक्षी दलका नेता कार्यकर्तामाथि कस्तो रवैया अपनाइरहेको प्रष्ट भएको कांग्रेसका पाटी सचिब भरत खड्काले बताउनुभयो । उहाँले बझाङ कांग्रेसले हत्याको घटनामा पार्टी केन्द्रीय कार्यालयको ध्यान केन्द्रीत गर्नुका साथै अपराधीलाई कानुनी दायरामा नल्याउन सम्म लास समेत नबुझ्ने बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार