निर्वाचनका लागी तयार रहन मन्त्री ठकुन्नाको आग्रह

  खप्तड समाचारदाता  356 पटक हेरिएको

केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर बैसाखमा चुनावको मिती तोके संघीय मामिला तथा समान्य प्रसासन मन्त्री गणेश ठकुन्नाले निर्वाचनका लागी तयार रहन आग्रह गर्नु भएको छ । नेकपा केपी पक्षले सदरमुकाम चैनपुरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै नेपाली जना ताजा जनादेशको पइामा रहेको बताउदै सबै नेता कार्यक्रर्ताहरुले निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नु भएको हो ।
उहाँले हामीले स्थीर सरकारको नारा लिएर गएको चुनावमा बाम गठबन्धन गरेको भए पनि देशमा अग्रगमन नचाहने बिकास बिरोधी केही नेताहरुका कारण संसद बिघटन गरि ताजाजनादेशमा जानु पर्ने अबस्था आएको बताउनुभयो । उहाँले सरकारले तिब्र रुपमा बिकास निर्माणका थुप्रै काम गर्दै ओली सरकारको लोकप्रियता बढेको बताउदै आफ्नै पाटीका केही नेताहरु आत्तिएर बिभाजन तिर गएको बताउनुभयो । मन्त्री ठकुन्नाले माधब प्रचण्ड समुहका नेताहरुले गाउँ गाउँमा गएर भ्रम सिर्जना गरि जनतालाई झुक्याएकोले भ्रममा नपर्न सबैलाई आग्रह गर्नु भएको हो । उहाँले माधब प्रचण्डहरुले नेपाली जनताले दिएको जनादेशलाई खण्डित गरि सरकार बिरुद्धका गतिबिधीमा लागेको आ।रोप समेत लगाउनुभयो । पाटी भित्र आप्ना कुरा नराखी पाटीको अनुसासन बिपरित काम गरेको समेत बताउनुभयो ।
जादा सदरमुर प्रचण्ड माधव नेपाल पक्ष नेताहरुले अहिले बझाङ जिल्लामा फरकफरक स्थानमा र्याली जुलुस कोणसभा गर्दै आफ्नो पक्षमा नेता कार्यक्रता र जनताहरुलाई लाग्न आग्रह गर्दै आएका छन । आम सभामा बोल्दै ओली पक्षका सबै नेताहरुले नेकपा भित्रकै नेताहरुका कारण सरकारका साथै नेकपालाई असहयोग गरेकाले बाध्य भएर संसद विघटन गरी नयाँ जनादेशमा जानु परेको बताउदै , चुनावनै लोकतन्त्रको आधार भएकाले सबैले चुनावलाई सहयोग गर्नु पर्ने बताउनुभयो ।
आमसभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय संयोजक ऐन महरले प्रचन्ड माधव नेपालले केपि ओली नेतित्वको सरकाले ५ बर्ष सम्म सरकार संचालन गर्ने प्रर्तिबदता गरेको भएक पनी विदेशिको इसारामा उचालेर , पदका लागी पाटीबाट केहि ब्यक्तिmहरु चोइटिएको बताउनुभयो । महर जस्तै अन्य नेताहरुले पनी पद प्रतिस्टाको लागी प्रचन्ड नेपाल समुहले सांसदहरुको कृत्य हस्ताक्षर गरि अनावश्यकरुपमा प्रधानमन्त्री र राष्टपति माथि अभियोग लगाउने प्रयास गरेकाले उक्तm कार्य भए राष्ट र पाटी असफल हुने हुदाँ बाध्य भएर संसद विघटन गरी मध्यवति र्निवाचनमा जानुपरेको दावि गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार