जेष्ठ नागरिकलाई खप्तड छान्ना गाउँपालिकाको कम्मल कोसेली

  खप्तड समाचारदाता  331 पटक हेरिएको

बझाङ । चिसो बढ्दै गए पछि यहाँको एक गाउँपालिकाले जेष्ठ नागरिक हरुलाई कम्मल कोसेली दिएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाले भरिका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई चिसोमा न्यानो गर्नका लागी एक एक वटा कम्मल दिएको हो ।
गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रम अन्र्तगत गाउँपालिकाका सबै जेष्ठ नागरिकलाई कम्मल बितरण गरे पछि उहाँहरु खुसी हुनु भएको हो ।

गाउँपालिकाका ७ वटामा रहेका रहेको १ हजार ५ जना जनालाई कम्मल कोसेली दिएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले बताउनु भयो । उहाँले प्राय जसो गाउँमा जादा चिसोका समयमा सबै भन्दा बढी जेष्ठ नागरिकलाई समस्या हुने गरेकोले उहाँहरुको एक एक कम्मल कोसेली दिएको समेत बताउनुभयो । अध्यक्ष रोकायाले यसका साथै बृद्धा बृद्धहरुलाई घर घरमै गएर बर्षमा दुई पटक स्वास्थ्य परिक्षणका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको समेत बताउनुभयो । गाउँपालिकाले कम्मल कोसेली दिए पछि सबै जेष्ठ नागरिकका अनुहार समेत खुशी देखिन्छन् । कम्मल बितरण कार्यक्रममा भेटिएकी खप्तड छान्ना गाउँपालिका १की कौसिला कामी भन्नुभयो ,बुढाको उमेर ५५ बर्ष हुदाँ आफु ३० बर्षको उमेरमा बिबाह गरेको र बुढाको मृत्यु भएको समेत २६ बर्ष पुगेको छ । छोरा छोरी केही छैन् । उहाँले भन्नुभयो, चिसोमा लुगा नहुदाँ साह्रै समस्या हुने गरेको थियो । यई सरकारको सघै भलो होस । कामी मात्र होईन उहाँहरु जस्तै अन्य जेष्ठ नागरिकहरु पनि खुशी भएका छन् ।


खप्तड छान्ना गाउँपालिका ४ की ७८ बर्षिया बिस्ना सार्कीले भन्नुभयोे, हाम्रा लागी त सरकार नै भगवान छन् । हमी जस्ता बेसहारहरुका लागी उपचारका लागी घरमा डाक्टर बोलाउन्छन् , चिसोमा कम्मल दिएको छ, भत्ता पनि घर घरमा दिदै आएका छन् ।खप्तड छान्ना गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रावलले गाउँपालिका भरिका सबै ७० माथीका १ हजार ५ जना छन् र उहाँहरु सबैलाई बितरण गर्ने छौ । केही अपुग भए पनि सबैलाई पुग्ने गरि दिने कार्यक्रम समेत उहाँले बताउनुभयो । गएको बर्ष पनि यस गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोमा कम्मल बितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार