संसद बिधटनको बिरोधमा बिबेकशिल साझा र अनेरास्वबियुले गर्यो बिरोध प्रर्दसन

  खप्तड समाचारदाता  503 पटक हेरिएको

प्रधानमन्त्री केपी सर्मा ओलीले असंबैधानिक तरिकाले संसद बिघटन गरि देशलाई बर्वादी तिर धकेलेको भन्दै बिबेकशिल साझा पाटी बझाङ र अनेरास्वबियु बझाङले बिरोध प्रर्दसन गरेको छ । छुट्टा छुट्टै तरिकाले दबै संगठनले सदरमुकाम चैनपुरमा नाराबाजी गर्दै बिरोध गरेका हुन् ।
बिरोध सभालाई सम्बोधन गर्दै बिबेकशिल साझाका संयोजक नगेन्द्र खड्काले प्रधानमन्त्री केपी सर्मा ओलीले असंबैधानिक अलोकतान्त्रिक तरिकाले गरिएको संसद बिघटनले देशलाई बर्बाद तर्फ धकेलेको बताउनुभयो । उहाँले असंबैधानिक कदमका बिरुद्ध सबै पाटीले तेरो मेरो नभनिकन स्वस्फुर्त रुपले बिरोध जनाउनु पर्ने धारणा राख्नुभयो । उहाँले प्रधानमन्त्री ओली जनताको नजरबाट समेत तल झरिसकेकाले पदमा बस्ने नैतिकता समेत नभएको बताउनुभयो ।


त्यस्तै अनेरास्वबियु बझाङले समेत प्रधानमन्त्री ओली बिरुद्ध नाराबाजी गर्दै बिरोध जनाएको छ । सदमुकाम चैनपुरमा र्याली निकाली लोकतान्त्रिक चोकमा कोण सभाको आयोजना गर्दै ओलीको बिरोध गरेको हो । अनेरास्बबियुका पुर्व केन्द्रिय सदस्य लक्ष्मीराज जोशीले प्रधानमन्त्री ओलीले नेपालको संबिधान बिपरित संसद बिधटन गरि अलोकतान्त्रिक चरित्र देखाएको बताउनुभयो । उहाँले तत्काल यो निर्णय फिर्ता लिन समेत आग्रह गर्नुभयो । त्यस्तै पुर्व केन्द्रिय सदस्य नरेन्द्र खड््काले प्रधानमन्त्री ओलीले गरेको गैर संबैधानिक कदमको बिरोध गर्दै निणर्य फिर्ता लिनु पर्नेमा जोड दिनुभयो । उहाँले कार्यकर्ता र नेपाली जनताको भावना बिपरित काम गरेकाले ओलीले आम जनताका अगाडी माफी माग्नुपर्ने समेत बताउनुभयो । अनेरास्वबिुका जिल्ला सह संयोजक देबीजंग बहादुर सिंहले सन्चालन गरेको कोण सभामा अनेरास्वबियुका नेता कार्यकर्ता तथा नेकपाका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार