बिद्यालय भवन बनेपछि स्थानीयमा खुशी

  खप्तड समाचारदाता  216 पटक हेरिएको

बझाङ । खुल्ला चौरमा बसी पठ्न पाठन् गर्नु पर्ने यहाँको एक बिद्यालयमा चार कोठे पक्की भवन बने पछि स्थानीयमा खुशीयाली छाउनुका साथै बिद्यार्थीलाई समेत सहज भएको छ । सोमबार सुर्मा गाउँपालिका २मा रहेको दलित आधारभुत बिद्यालयको नब निर्मीत भवन एक बृहत कार्यक्रमका विच पुर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजंग बहादुर सिहँले नयाँ भवनको उद्घाटन गर्नु भएको छ ।
प्रदेश सरकारबाट १५ लाख र सुर्मा गाउँपालिकाको ६ लाख गरी जम्मा २१ लाखको लागतमा भवन निर्माण गरीएको विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष दिनेश बहादुर बोहराले बताए । हाल यस विद्यालयमा ६० जना छात्रा र ५५ जना छात्र गरी जम्मा ११५ जना विद्यार्थिहरु अध्यनरत छन् । यस विद्यालयमा ६० प्रतिशत दलितका छोराछोरीहरु रहेका छन् ।
२०६० सालमा स्थापना भएको यस विद्यालयको भवन अभावका कारण यहाँका स साना बालबालिकाहरु कहिले खुल्ला आकास मुनी त कहिले भत्कीन थालेको भवनमा पढ्दै आएको स्थानीय टेक बहादुर विकले बताए । उनले भने पानी परेको र हावाहुरी चलेको दिन विद्यालय भत्कीन्छकी भन्ने डरले छोरालाई विद्यालय पठाउदैन थिए । अब त नयाँ पक्की भवन बनेको छ । ढुक्क भएर छोराहरुलाई विद्यालय पठाउन सकीने बताए ।
कक्षा ५ आ अध्यनरत छात्र सागर विकले पानी परेको दिन माटो र पानी सबै कक्षा कोठा भित्र खस्ने गरेको बताउदै आफुहरु डर लागेर भएपनि विद्यालयमा अध्यन गर्न आउने गरेको सुनाए । कती दिन त कक्षा कोठामा राखेका कापी किताबहरु पानीले भिजेर काम नलाग्ने पनी भएका थिए विगतका दिनलाई सम्झदै उनले भने अहिलेत नयाँ भवनमा ढुक्क तरीकाले बस्न पाईएको भन्दै खुःसी ब्यक्त गर्नु भयो । साथै उनले अहिले खेल्ने मैदानको अभाव रहेको बताए ।
विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष दिनेश बोहराले विद्यालयको नाममा जग्गा प्रसस्त भएपनि आर्थिक अभावका कारण खेलमैदान निर्माण गर्न नसकेको बताए । यसमा स्थानीय , प्रदेश र संघिय सकारले सानो सहयोग गर्न सके विद्यालयको घेरबार, देखी खेलमैदान समेत निर्माण गर्न सकीने बताए । साथै उनले विद्यालयमा सिसि टिभी समेत जडान गर्ने योजना रहेको जानकारी दिनुंंंंंंंंंंंभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार