वरिष्ठ नेता पौडेलको गिरफ्तारी गरेको भन्दै नेबिसंघ बझाङले बिरोध र्याली निकाल्यो

  खप्तड समाचारदाता  414 पटक हेरिएको

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको भन्दै नेपाल बिद्यार्थी संध बझाङले प्रर्दषन गरेको छ । सदरमुकाम चैनपुरमा नेबिसंघले सरकार बिरुद्व नारावाजी गरेर नेता पौडेललाई हिरासतमा लिएर कानुनी राज्यको उपहास गरेको भन्दै सरकारले माफी माग्नु पर्ने माग गरेका छन् ।
तनहुको व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले प्रतिक्रिया दिनु भएको थियो ।

नेबिसघले सदरमुकाम चैनपुरमा नाराबाजी गरेर लोकतान्त्रिक चोकमा कोण सभा गरि कार्यक्रमको समापन गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै जयपृथ्बी बहुमुखी क्याम्पसका उपसभापती तथा बिद्यार्थी नेता उमेस जेठाराले बुधबार बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृहजिल्ला तनहुँमा भएको गरिफ्तारीको घटना सर्बसत्ताबादको संकेत भएको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको , जनआकक्षा अनुसार काम गर्न नसकेको समेत आरोप लगाउदै अब कम्युनिष्टहरुको पतनको बाटोमा आएको समेत बताउनुभयो ।

यस्तै नेबिसंघका बिद्यर्थी नेता नारायण हमालले तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेता पौडेलमाथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक भएको बताउदै राणा , पन्चायत र राजालाई फालेको काग्रेसले अब कम्युनिष्टलाई फाल्न समेत कुनै गाह्रो नहुने धारणा राख्नुभयो । उहाँले सरकारले प्रहरी प्रसासनको बलमा ज्याजती गरेकाले ओली सरकारले तुरुन्तै माफी माग्नु पर्ने बताउनुभयो

यसै बिच बिद्यार्थी नेता खगेन्द्र खड्काले कोण सभालाई सम्बोधन गर्दै सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल आम माफी माग्नु पर्ने अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न उहाँले सरकारलाई चेतावनी दिएका छन् । नेबिसंघका उपसभापती बिजय बिष्टले अध्यक्षता गरेको कोण सभालाई नेबिसघका नेता शिद्वराज जोशीले सन्चालन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार