खड्काले बनाए २२ लाखमा सेती नदीमा गाडी तर्ने पुल ( फोटो फिचर )

  खप्तड समाचारदाता  1437 पटक हेरिएको

बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाका एक स्थानीयले आफ्नो ब्यक्तिगत लगानीमा सेती नदीमा गाडी तर्ने पुल बनाएका छन् । खप्तड छान्ना ३ दारुगाउँ घर भएका सिद्धराज खड्काले २२ लाख ९१ हजारको लगानीमा सेती नदीको तमैलमा गाडी जाने पुल बनाएका हुन् ।
सेती नदीमा पक्की पुल नभएपछि जिल्लाको खप्तड छान्ना गाउँपालिका र बाजुरा जिल्लामा समेत आवत जावत गर्न , माल समान ढुवानी गर्न निकै असहज हुदै आएको थियो । खड्काले सेती नदीमा २४ वटा हुम पाईप हालेर गाडी जाने पुल बनाए पछि खड्कालाई खप्तड छान्ना गाउँपालिकाले खादा लगाएर सम्मान गरेको छ ।

सेती नदीमा स्काभेटर लगाएर हुम पाईप हालेर गाडी तर्ने सडक पुल बनाएपछि खप्तड छान्ना गाउँपालिका , थलारा गाउँपालिका र बाजुरा जिल्लाका स्थानीयलाई राहत भएको छ । सेती नदीमा पुल नहुदा यातायातका साधनहरु वार पार गर्न सकेका थिएनन् । पुल निर्माण भएपछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले एक कार्यक्रमका बिच पुलको उद्घाटन गर्नुका साथै खड्कालाई खादा तथा पुल मालाले स्वागत गर्नु भएको थियो । खड्काले भन्नुभयो , छान्नाबासीले एक ट्रक सामानलाई तमैलबाट अनलोड गरेर लग्यो भने झण्डै ३२ हजार महंगो रकम तिर्नु परेको थियो तर अब थोरै रुपयाँमा सहज रुपमा सम्बन्धीत ठाउँ सम्म जाने ब्यवस्था भयो । छान्ना बासीको दुख र कस्टका कारण आफुले ब्यक्तिगत लगानी गरेर पुल बनाएको समेत खड्काले बताउनुभयो ।

खप्तड छान्ना गाउँ कार्यपालिकाले पुलमा वार पार गर्ने सवारी तथा मालबाहन यातायातका साधनहरुबाट खड्काले पैसा लिने गरि निर्णय समेत गरि दिएको छ । प्रति ट्रक एक पटकको १५ सय , प्रति ट्क्टर पाचँ सय , प्रति यात्रुबाहक जिपको तिन सय , यात्रुबाहक बसको प्रतिदिन पाँच सयका दरले खड्काले उठाउने निर्णय गरेको हो ।

खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भन्नुभयो , गत बर्ष गाउँपालिकाले केही हुम पाईप खरिद गरेका थियौ र केही हुम पाईप खड्काले् आफैले खरिद गरेर पुल बनाए पछि छान्नाका स्थानीयलाई निकै राहत मिल्ने छ । उहाँले भन्नुभयो , अब सात महिना सम्म सेती नदीमा पानीको बहाव समेत कम हुने भएकाले सरसामान लगायत यात्रुबाहक जिप , बस, र मोटर साईकल जान समेत सहज हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार