एक लाख ६२ हजार सहित ७ जना जुवाडे पक्राउ

  खप्तड समाचारदाता  23 पटक हेरिएको

बझाङ । सदरमुकाम चैनपुरमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले छापा हान्दा केही जुवाडेहरुलाई प्रहरीले नै मुल गेटबाट भगाएको आरोप लागको छ । सोमबार सदरमुकाम स्थित कृर्षि विकास वैंकको तेस्रो तलामा ठेकेदार शेर बहादुर बोहराको घरमा जिल्लामा ठेकेदार कर्मचारीहरु जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो ।
प्रहरी नायब उपरिक्षक रुपक खडकाका अनुसार प्रक्राउ पर्नेमा मष्टा १का  दिपक रोकाया , मष्टा ३ का स्थानीय तथा ठेकेदार पुरन धामी , सुर्मा २का टोप बहादुर बोहरा,ज.न.पा.९का देबेन्द्र खड्का, मष्टा १का राजेन्द्र खड्का , छबिसपाथीभेरा गाउँपालिका २का बिरबहादुर मण्डेल र बुंगल नगरपालिका ९का शेर बहादुर बोहरा रहेका छन् । उहाँहरुबाट ८ गड्डी तास सहित नगद एक लाख ६२ हजार तिन सय ३० रुपयाँ बरामत गरेको समेत उपरिक्षक खड्काले बताउनुभयो । उनीहरुलाई जुवा तास ऐन अनुसार कार्वाही गरिने समेत उहाँले बताउनुभयो ।
जुवातास खेलि रहेका जिल्लाका ठेकेदार, कर्मचारीहरुलाई प्रहरीकै मिलेमतोमा भगाएर सामान्य जुवातास खेलिरहेको हेर्ने मान्छेहरुलाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ । वास्तबिक जुवाडेहरुलाई छापा हानेको घरको मुल गेटबाट भागे पछि प्रहरीले भगाएको स्थानीयले बताएका छन् । यता प्रहरीले भने आफुहरुले नभगाएको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार