संकलन केन्द्र नहुदाँ किसानलाई समस्या

  शुरेस बहादुर सिहं  729 पटक हेरिएको

बझाड । जिल्ला भरि कुनै पनि ठाउँमा संकलन केन्द्र नहुदाँ बझाङका किसानहरुलाई उत्पादन गरेको बस्तुहरु बिक्रि गर्न समस्या भएको छ । किसानहरुले उत्पादन गरेको तरकारी फलफुल तथा खाद्यान्न सहजरुपमा बिक्रि बितरण गर्ने गाउँ घरमा अबस्था नभएपछि किसानहरुलाई उत्पादित बस्तुहरु कहाँ बिक्रि गर्न कता लैजाने भन्ने चिन्ता हुने गरेको हो ।
सुर्मा गाउँपालिका ३ घर भएका मान बहादुर बिकले उत्पादन गरेको तरकारी र अन्य खाद्य बस्तुहरु गाउँ घरमा बिक्रि तथा खरिद गर्ने मान्छे नभएर सदरमुकाम चैनपुर ल्याउनु पर्यो । महड्ढो गाडी भाडा तिरेर कृषी उपज बस्तुहरु बिक्रिका लागी चैनपुरको सडक पेटीमा बसेका बिकको सामान बिक्रि नभए पछि निरासा भए । बर्ष भरि गाउँमा तरकारी तथा खाद्यबस्तु दुख गरि उत्पादन गरियो, बिक्रिका लागी एक दिनको समय लगाएर चैनपुर ल्याईयो, तर विक्री नभएको उनले भने ।
उहाँले बिक्रिका लागी गाउँबाट जौ , आलु , पिडालु , फर्सी , चोतो, मुला ल्याउनु भएको छ । उत्पादित गरेको बस्तु बिक्रि नभएको गुनासो बिक मात्र होईन उहाँ जस्तै अधिकाशं किसानहरुको गुनासो उस्तै छ । थलारा गाउँपालिका ६ पिखेत घर भएका किसान आनन्द रोकायाको पनि तरकारी बिक्रि गर्न समस्या भएको बताउन ुभयो । उहाँले भन्नुभयो , पालिका,पालिकामा एक एक संकलन केन्द्र बनाएर किसानहरुको उत्पादन सहजरुपले बिक्रि हुने ब्यवस्थापन गर्न सके किसानहरुलाई कृषी पेसामा लागेर काम गर्ने हौसला मिल्ने थियो । पछिल्लो समयमा ब्यवसायिक कृषी तिर युवाहरुको आर्कषण बढ्दै गएर कृषि उपज बस्तुहरुको उत्पादन बढी रहेको भएपनि तर सरकारी तहबाट बजारको ब्यवस्थापन र संकलन केन्द्र नहुदाँ किसानको उत्पादन बजार सम्म पुग्न सकेको छैन् ।
कृषी ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंहले संकलन केन्द्रका साथै कोल्ड स्टोर जिल्लामा आबस्यक छ तर यसको निर्माणको लागी पहल भई रहेको वताए । उहाँले गाउँमा स्थानीयहरुहरुले संकलन केन्द्र बनाई ब्यवस्थित हाट बजार बनाउन सकिन्छ तर यस तर्फ कसैको ध्यान गएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार