बझाङ धनगडी उडान तालिका सार्बजनिक , भाडादर भने महंगो भएको गुनासो

  शुरेस बहादुर सिहं  1189 पटक हेरिएको

बझाङ ः बझाङमा मंगलबार देखि नियमित हवाइ सेवा सञ्चालन गर्न कार्यतालिका सार्बजनिक भएको छ । हप्ता दुई दिन बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयरले सेवा दिने भएको बताइएको छ । धनगढीबाट बझाङको भाडा दर भने ५ हजार ४८ रुपैंया कायम गरिएको छ ।

समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिका अनुसार बिहीबार र शुक्रबार मात्रै उडान हुने भएको हो । १० बर्ष पछि जहाज उडान भएको भएपनि भाडा दर भने महंगो भएको स्थानीयको गुनासो छ । यहाँबाट धनगडीका ३ हजार देखि ४ हजार सम्म ठिकै हो र तर ५ हजार भने बसको भाडा भन्दा पाँच गुना महगों भएको स्थानीय बिरेन्द्र सिहंले बताउनुभयो ।
देवल विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान भएको थियो । धनगढी बझाङ यात्रा गर्न २७ मिनेट लाग्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार