बझाङ जिल्लाका ५३ वटा स्वास्थ्य संस्थालाई हाईजिन सामाग्री वितरण

  शिवम् रोकाया  57 पटक हेरिएको

बझाङ जिल्लाका ५३ वटा स्वास्थ्य संस्थाहरुलाई हाईजिन सामाग्री वितरण गरीएको छ । जिल्लामा रहेको जिल्ला अस्पताल, स्वास्थ्य कार्यलय लगायत १२ वटा स्थानीय तहहरुमा रहेका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य केन्द्र हरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरीएको हो । युएनएपिएको आर्थिक सहयोग र फाया नेपालको ब्यावस्थापनमा संचालीत यसुएनएपिए कार्यक्रम मार्फत  स्वास्थ्य सामाग्री वितरण गरीएको युएनएपिएका जिल्ला अधिकृत धन बहादुर लम्सालले जानकारी दिनु भयो ।

सबै स्वास्थ्य संस्थाहरुमा अहिले विश्वरी नै फैली रहेको नोभेल कोरोना भाईरसका कारण जोखीम बढ्ने खतरालाई कम गर्ने उदेश्यले स्यानीटाईजर, हेण्डवास तौलीया फल्याक्स लगायतका स्वास्थ्य सामाग्रीहरु दिईएको लम्सालले बताउनु भयो । यसका साथै जिल्ला अस्पलातल र जिल्ला अस्पतालमा संचालीत ओसि एम सिका लागी आर एच किड्स्हरु समेत उपलब्ध गराएको जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्ट् सन्दिप ओखेडाले बतानु भयो । उत्त स्वास्थ्य सामाग्रीहरुले स्वस्थ्य कर्मीहरुलाई सेवा दिन थप हौसला मिल्नुका साथै अहिले कोभिडको अवस्थामा थप सुरक्षित भईने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार