बलात्कारको घटनालाई मिलापत्र गर्ने ६ जनालाई प्रहरी नियन्त्रण

  शुरेस बहादुर सिहं  97 पटक हेरिएको

बझाङ ।बझाङमा बलात्कारको घटनालाई गाउँमै मिलापत्र गराउने ६ जना नियन्त्रणमा लिएको छ । बलात्कार गरेर घटनालाई गाउँमा मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका – २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला बोहरा, बिरु दमाईं र वडा नं. ३ का धौल दमाईंलाई सोमवार पक्राउ गरेको हो ।
गएको २९ साउनमा मष्टा गाउँपालिका –२ की १३ वर्षीय एक बालिकालाई गाउँ नजिकै रहेको घट्ट गएका वेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले जबर्जस्ती करणी गरेका थिए । गाउँका समाजसेबीहरुले घटनालाई प्रहरी चौकी सम्म नपुर्यार गएको साउन ३१ बोहराबाट पाँच सय रुपैयाँ तिराई माफी मगाएर बलात्कारको घटना लुकाएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरि कार्वाही अगाडी बढाएको छ । सो घटना धटेको डेढ महिना नबित्दै तिनै राजेन्द्र बोहराले १२ वर्षीय सम्झना कामीको स्थानीय मन्दीरमा बलात्कार गरि हत्या गरेपछि सो बलात्कारको घटना पनि मिलापत्र भएको कुरा सार्वजनिक भएको थियो । बोहराले गाउँमा गरेका चोरी डकैती तथा बलात्कारका घटनाहरु एक पछि अर्को गरि बाहिर आउन थालेपछि प्रहरीले समेत अनुसन्धानलाई तिब्र पारिरहेको छ ।
पक्राउ गरिएका ६ जना विरुद्ध समेत आबस्यक अनुसन्धान गरि कार्वाही अघि बढाउने प्रहरी नायब उपरिक्षक रूपक खड्काले बताउनुभयो । उहाँले बलात्कार पछि भएको हत्याको घटना घटेपछि अनुसन्धानको क्राममा यो घटना समेत बाहिर आएपछि मिलापत्रमा संलग्न भएका हरुलाई नियन्त्रणमा लिएका हौ । बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका बोहराले सम्झनाको बलात्कार पछि हत्यासमेत आफैँले गरेको भने स्वीकार गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार