डा.केसीको जिवन रक्षाको माग गर्दै बझाङमा नेबिसंघको प्रर्दशन

  शुभकामना कुमारी रोकाया  448 पटक हेरिएको

बझाङ । २३ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मंगलबार नेपाल बिध्यार्थी संघले सदरमुकाम चैनपुरमा शान्तिपूर्ण प्रर्दशन गरिएको छ । सरकारले हाल सम्म पनि डा.केसीका मागहरु प्रति संम्बेदनशिल नभएको भन्दै मागहरुलाई सुनुवाई गरि डा.केसीको जिवन रक्षा गर्न सरकारलाई संघले दवाप दिएको हो ।

नेपाल बिद्यार्थी संघले डा. केसीको जिवन रक्षा गर , केसीका माग सुनुवाई गर, कुलमान धिसिङलाई पुनह नियुक्ती गर लगायतका नाराबाजी गरि सदरमुकाम चैनपुर बजार परिक्रमा गरि चौराहामा कोण शभा समेत गरेको थियो । कोण सभालाई सम्बोधन गर्दै नेबिसंघका बिद्यार्थी नेता बिनोद कठायतले बर्तमान सरकारले डा.केसीका माग प्रति ब्यवास्ता गरेकाले केसीमो जिवन रक्षाका लागी सडकमा आउनु परेको बताए । उनले नेपाल बिद्युत प्राधिकरणको प्रमुखमा कुलमान धिसिङलाई पुनह नियुत्त गर्नु पर्नेमा जोड दिए । नेता कठायतले बर्तमान सरकार भ्रष्ट्राचार,नाताबाद कृपाबादमा लागेकाले यसका बिरुद्घ जस्तो सुकै आन्दोलनको मोर्चामा आउन नेबिसघं तयार रहेको समेत बताए ।


डा केसीलाई यो अवस्थामा आईसीयूमा लगेर उपचार गर्नुपर्ने भए पनि उनले मानेका छैनन् । डा केसीले अन्य औषधी लिन पनि मानेका छैनन् । डा केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि उनी बोल्नसमेत सकिरहेका छैनन् । डा केसी चिकित्सा शिक्षामा सुधार लगायतका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेबाट आमरण अनशनमा छन् ।
जुम्लाको एक मन्दिरबाट अनसन शुरु गरेका केसीलाई स्वास्थ्य अवस्था बिग्रेपछि सरकारले अपहरण शैलीमा असोज ६ गते काठमाडौं ल्याएको थियो । तर न त सरकारले उपचार गर्यो न त वार्ताबाटै उनको समस्याको समाधान गर्ने इच्छा राख्यो । हिलेसम्म सरकारका तर्फबाट आधिकारिकता केही पनि आएको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार