बझाङ । बझाङमा सुटिङ्ग भएको आधुनिक गित जुनी भरिको म्युजिक भिडियो सार्बजनिक भएको छ । ए वान डान्स क्याम्पको युटुव च्यानलबाट सार्बजनिक भएको आधुनिक गितको म्युजिक भिडियोले प्रेममा भएका मिलन बिछोडका हरेक संबेगहरुका बारेमा देखाएको छ ।
बझाङकै स्थानीय क्षेत्रमा छायाकंन गरिएको यो गितमा निर्देशकमा भने मोडेल अबिनास थापा काजीले गरेका छन् भने अभिनय भने कमला शाही र अबिनास थापा काजीले नै गरेका हुन् । क्यामेरा म्यानमा बिर्खबहादुर बोहरा रहनु भएको थियो भने मेकअप भने सम्झना चौधरीले गर्नु भएको थियो । गितको उत्पादक भने अर्थजगं शाही रहनु भएको थियो । गितमा लय तथा स्वर उपहार गुरुङ्गको रहेको छ ।भौगोलिक बिकटताका कारण बझाङ जिल्लालाई दुर्गम जिल्ला पनि भन्ने गरिए पनि प्राकृतिकरुपले निकै भरिपुर्ण रहेको यस जिल्लामा पछिल्लो समयमा बिभिन्न म्युजिक भिडियोहरुको सुटिङ्ग स्पटका रुपमा समेत बिकास हुदै गई रहेको छ । भरखरै बजारमा आएको आधुनिक गित जुनी जुनी आधुनिक गित लगायतका झण्डै एक दर्जन भन्दा बढी म्युजिक भिडियोको पनि यसै क्षेत्रमा बनाइएका छन् ।
यहाँका स्थानीय कलाकारहरुले आफ्नै लगानीमा यहाँका बिभिन्न पर्यटकिय क्षेत्रहरुका सिनहरुमा भिडियो बनाउने अभ्यास गरिएको भएपनि लगानीको अभाबका कारण जिल्लाका अधिकाशं सुन्दर र पर्यटकिय सिनहरु क्यामेरामा आउन नसकेको स्थानीय क्यामेरा म्यान बिर्खबहादुर बोहराको भनाई छ । एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेको मोडेल अबिनास थापाले भने “यहाँ थोरै लगानीमा पनि म्युजिक भिडियो बन्छ भन्ने बारेमा पनि धेरैलाई थाहाँ छैन् । हामी काठमाण्डौमा डेड लाखमा बन्ने भिडियो बझाङ ४० हजारमा बनाउन सक्छौ र सिन समेत नेचुरल हालेर राम्रो क्वालिटीको भिडियो बनाउन सक्छौ । यसका लागी लगानीको अभाबका छ साथै स्थानीय कलाकारको अभिभाबकको मन्जुरीले राम्रो भिडियो समेत गर्न सकिन्छ ।”
यहाँको कला भाषा र संस्कृतीलाई समेत जोगाउन यसले मुख्य भुमिका रहने हुदा जिल्लाको पर्यटन प्रर्बद्घनमा समेत टेवा पुग्ने बिश्वास गरिएको छ । यो म्युजिक भिडियोको छायाकंन भने सदमुकाम चैनपुर ,रानीबन र भोपुरमा गरिएको थियो ।