२५ किलो चरेस सहित २ जना पक्राउ

  शुरेस बहादुर सिहं  94 पटक हेरिएको

बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका २ लिमबाट २५ किलोग्राम लागुऔषध चरेस सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्हरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्लाको बुङ्गल नगरपालिका २ बस्ने बर्ष २८ को धनबहादुर धामि र सोही स्थान बस्ने बर्ष २५ को धनबहादुर धामि रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोली र प्रहरी चौकी वित्थडचिरबाट प्रहरी सहायक निरीक्षक राम बहादुर बमको कमाण्डमा खटिएको टोलीले प्लास्टिकमा बेरेर कपडाको भारी बोक्दै आई रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीलाई सुराकी गरेपछि प्रहरीले दुबै जनाको पिछा गर्दै बित्थड प्रहरी चौकीबाट बाटो छल्दै अर्को बाटो प्रयोग गरि लिने क्रममा निजहरुलाई नियन्त्रणमा लिई प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार