बझाङमा पिसिआर परिक्षण सुरु, दैनिक दुई सयको नमुना परिक्षण गरिने

  शुभकामना कुमारी रोकाया  122 पटक हेरिएको

बझाङ । लामो समयको पखाईपछि जिल्ला अस्पताल बझाङमा कारोना प्रयोगशाला सञ्चालन आएपछि स्थानीयस्तरमा खुशी छाएकोे छ । जिल्ला अस्पताल बझाङले बुधबार बेलुका ७ बजे प्रेस विज्ञप्ती मार्फत प्रयोगशाला सञ्चालनमा आएको सर परिक्षण समेत सफल भएको बताएपछि स्थानीय स्तरमा ख’शी छाएको हो ।
बझाङ प्रयोगशाला जडानको सम्पुर्ण काम सकेपछि उक्त परिक्षण गरिएका ५ ओटा पोजेटिभ र पाँच ओटा नेगेटिभ नतिजा आएका नमुना डडेल्धुरा अस्पतालको प्रयोगशामा प्रमाणिकरणका लागि परिक्षण गर्दा नतिजा समान आएपछि जिल्ला अस्पताल बझाङको कारोना प्रयोगशालाले पनि मान्यता पाएको जिल्ला अस्पताल बझाङका प्रमु डा. सन्दिप ओखेडाले जानकारी दिनुभयो । उहाँले यस प्रयोगशालामा दैनिक २०० नमुना जाँच गर्न सक्ने क्षमता भएकाले ढिलै भए पनि कोरोना परिक्षण प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याएका हौ । कोरोना परिक्षणका लागी काठमाण्डौ। धनगडी र डडेल्धुरा पठाउनु पर्ने भएकाले धेरै समय पनि लाग्ने र झन्जट समेत ब्यहोर्नु पर्ने अबस्थाको समेत अन्तय भएको छ । अस्पताल स्रोतका अनुसार अब बझाङमा परिक्षणको दायरा बढाइने छ भने नतिजा आउन धेरै समय लाग्ने छैन । जिल्ला भित्रिएको पिसिआर जडान गर्ने इन्जिनियर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला जडानमा ढिलो भएको थियो ।
मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडांसँग १ करोड २५ लाख ४२ हजार एक सय भ्याटसहित सम्झौता भएको थियो भने गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार