बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या

  शुरेस बहादुर सिहं  411 पटक हेरिएको

बझाङ । बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा २ की एक १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको छ । बुधबार बेलुका मष्टा गाउँपालिका २ की १२ बर्षिया नाम सम्झना कामीको बलात्कारपछि हत्या भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक बालिकाका बाजे गोर्ख कामीले भन्नुभयो,बुधबार बेलुका ४ ः ३० बजे उहाँको गाउँ खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीका अबेर सम्म घर नआएपछि उहाँको खोजी गर्दै जाँदा गाउँ भन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दीरमा उहाँको सब फेला पारेको थियो । नातीनी अबेर सम्म नआएपछि कतै लडीकी भनेर खोजी गर्दै जाँदा मन्दिर भित्र मृत अवस्थामा फेला पारेको उहाँको भनाई छ । मृतक बालिकाको शरीरभरी निलडाम छन् । उहाँको यौनीबाट रगत र पानी समेत बगेको अवस्था छ भने बालिकाले लगाएको सुरुवाल समेत नभएको नग्न अवस्थामा सब फेला पारेको वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर खड्काले जानकारी दिनुभयो । बालिकाको कानका लगाएका ५ आना बराबरका सुन समेत लुटेर लिएको मृतकका बाजे गोर्ख कामीले जानकारी दिनुभयो । बालिकाका बुबा आमा रोजगारीका लागी भारतमा नै छन् । बालिका मष्टा निमावि तुतीका कक्षा ६ मा अध्यनरत हुन् ।
यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रुपक खड्काको नेतृत्वको टोली सहित घटना स्थलमा पुगेको छ । डीएसपी खड्काले बालिकाले कानका लगाएको मुन्द्रा नभएको र बालिकाको बलात्कार पछि हत्या भएको जानकारी दिदै उहाँले आफुहरु अनुसन्धानमा लागी परेको बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार