जेसिबी दुर्घटना हुदाँ एक जनाको मृत्यु, तिन जना घाईते

  शुरेस बहादुर सिहं  139 पटक हेरिएको

बझाङ । गए राती बझाङको बुंगल नगरपालिकाको १ दहबगरमा लु १ क १२७८ नम्बको जेसीवी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन । आइतबार राति १२ः३० बजे भएको जेसीबी दुर्घटनामा परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षिय मानबहादुर बोहराको मृत्यु भएको छ ।
कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको जेसिबी दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुने बोहरा महेन्द्र मावि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक हुन् । त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षिय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षिय प्रताप धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको समेत प्रहरीले जनाएको छ ।
बुगंल नगरपालिकाको वडा १ दहबगर किक्रेट मैदान नजिक सडकमा फसेको जिप निकाल्न गएको र फसेको जिप निकालेर ऐसेली बगर क्याम्पमा फिर्ता हुने क्रममा राती जेसिबी सडक बाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुंगल निरिक्षक नेत्रबहादुर बोहराले बताउनुभयो । घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामी टोली खटिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार